SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/४/३ गते
    ४४१३ पटक

    पर्वत । पहिरोले घर बगाउँदा घाइते भएका जिल्लाको जलजला गाउँपालिका वडा न ७ धाइरिङका घाइतेहरुलाई प्रतिनिधि सभा सदस्य पदम गिरीले भेटघाट गरेका छन । पहिरोमा परी घाइते भएका नारायणी आचार्य, भिमलाल आचार्य र तुलसीदेवी आचार्यलाई गिरीले भेटेर सरकारको तर्फबाट घाइतेहरुको उपचारमा कुनै कमी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका हुन ।

    अविरल बर्षातका कारण रातको समयमा आएको पहिरोका कारण उनीहरु घाइते भएका थिए । पहिरोले उनीहरुको घरमा समेत क्षति पुराएको छ । सोहि दिन पहिरोका कारण जलजला ८ नाङलीवाङका १६ बर्षिय विकास परियारको मृत्यु भएको थियो । पर्वतबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गिरीले यस अघि विपत्तीको बेला सबैले मिलेर उद्धार र राहत कार्यमा सहभागी हुन अनुरोध गरेका थिए । यसैगरी मृतक प्रति श्रद्धाञ्जली समेत ब्यक्त गरेका थिए ।

    पहिरोले जिल्लाबासीलाई आहत बनाउन थालेपछि सांसद गिरी संसद वैठक नै छाडेर घाइतेको अवस्था बुझन विहिबार पोखरा आइपुगेका हुन । घाइेतहरुसंगको भेटघाट पछि गिरीले घाईतेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दैै मृतक परिवारको परिवारलाई उचित राहत र घरवास ब्यवस्थापनमा आफूले पहल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन । पहिरोमा परी घाइते हुनेहरुको पोखरामा उपचार भईरहेको छ । उनीहरुको अवस्था अहिले सामान्य रहेको बताइएको छ । घाइतेहरुलाई नेपाली सेनाले उद्धार गरी बागलुङ अञ्चल अस्पतालमा पठाएको थियो । अञ्चल अस्पतालबाट उनीहरुलाई पोखरा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रिफर गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    सुचनाकेन्द्र साँगितिक साँझ २०७५ को तयारी सकियो, आज दिउसो ३ बजेबाट सिद्धेश्वर हलमा कार्यक्रम हुँदै, प्रवेश निशुल्क

    पर्वत । धौलागिरी क्षेत्रलाइ ब्यावसायीक कर्मभुमी बनाउँदै बिगत पाँच चार बर्ष देखि संञ्चालनमा रहेको सूचना...

    भाद्र २ गते शनिबार अगस्त १८ को राशिफल, श्रीहनुमानले सबैको सङ्कट हरण गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक...

    बाबुराम भट्टराईले खारेज गरेको दौरा–सुरुवाल र साडी–चोलोलाई ओलीले पुनः राष्ट्रिय पोशाक बनाए

    मातृका दाहाल- सरकारले दौरासुरुवाल र साडी-चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा मान्यता दिएको छ । सरकारले...

    परदेशी : बाध्यता र जिम्मेवारी पूरा गर्ने सपनाको मालिक

    ध्रुब क्षेत्रि, दोहा कतार। आफ्नो देश छाड्नुपर्ने तीन कारण हुन् समय, परिस्थिति र व्यवस्था ।...

    “युएईमा नै पहिलो पटक नेपाली समुदायले भव्य रुपमा गाई जात्रा मनाउने”

    सचिन्द्र श्रेष्ठ,यूएई, नेपालि समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad