SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/३/१० गते
    ७१४ पटक

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् ।

    अाजको नयाँ पत्रिकामा खबर छ-यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए ।

    माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी संख्या झन्डै दुई लाख छ । नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजार रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।

    नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पाँच सय ६४ सहभागी भएकामा सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४.० सम्म ल्याउनेको संख्या

    १२ हजार दुई सय ८४

    यस्तो छ कक्षा ११ मा भर्ना पाउने मापदण्ड

    समूह १ : विज्ञान
    विज्ञान समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणित वा कम्प्युटर विज्ञान विषय अध्ययनका लागि कक्षा ११ मा भर्ना पाउन कम्तीमा जिपिए २ ल्याउनुपर्ने, विज्ञान र गणितमा सी प्लस, अंग्रेजीमा सी तथा सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने ।
    समूह २ –प्राविधिक विषय
    भोकेसनल ग्रुपका विषयहरू एनिमल साइन्स/प्लान्ट साइन्स, इलेक्टिंकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जिपिए १.६ हुनुपर्नेछ । विज्ञान, गणित र अंग्रेजीमा न्यूनतम सी ग्रेड तथा सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने ।

    समूह ३
    गणित, लेखा, अर्थशास्त्र, कम्प्युटर साइन्स, टिचिङ म्याथ, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जोग्राफी, साइकोलोजीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने । ती विषयका लागि एसइईमा म्याथम्याटिक्समा न्यूनतम सी तथा अंग्रेजी, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

    समूह ४
    फिजिकल एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने छ । एसइईमा साइन्स र म्याथमा न्यूनतम सी र अंग्रेजी, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनुपर्ने हुन्छ ।

    समूह ५
    अंग्रेजी, अल्टरनेटिभ इंग्लिस, टिचिङ इंग्लिस र लिंगुस्टिक पढ्नका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने हुन्छ । एसइईमा इंग्लिसमा न्यूनतम सी र नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्छ ।

    समूह ६
    मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । इंग्लिसमा सी, नेपाली, म्याथ र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने निर्णय भएको छ । परिषद्ले मास कम्युनिकेसनका लागि डी प्लस नचाहिने गरी निर्णय परिमार्जन गरेको छ ।

    समूह ७
    नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । त्यसैगरी नेपालीमा न्यूनतम सी, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

    समूह ८
    पोलिटिकल साइन्स, हिस्ट्री, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्सका अध्ययका लागि न्यूनतम जिपिए १.६ चाहिन्छ । यी विषय अध्ययनका लागि एसएलसीमा सोसलमा न्यूनतम सी, नेपाली र इंग्लिसमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

    समूह ९
    इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अध्ययनका लागि पनि जिपिए न्यूनतम १.६ चाहिन्छ । त्यसैगरी, एसएलसीमा इपिएचमा न्यूनतम सी, नेपाली, इंग्लिस र साइन्समा न्यूनतम डी प्लसको व्यवस्था गरेको छ ।

    समूह १०
    ह्युमन भेलु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र ल अध्ययनका लागि न्यूनतम जिपिए १.६ का साथै नेपाली, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याएमा विद्यार्थीले भर्ना पाउँछन् । परिषद्ले संस्कृत पढ्नेका लागि इंलिसमा डी प्लस नचाहिने निर्णय गरेको छ ।

    समुह ११
    मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने व्यवस्था गरेको छ ।

    समूह १२
    डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषयमा न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था छ ।

    सी ग्रेडभन्दा तलकालाई ग्रेडवृद्धिको मौका
    यस वर्षको परीक्षामा सैद्धान्तिक विषयतर्फ सी, डी प्लस, डी र ई प्राप्त गर्ने विद्यार्थीले सबै विषयमा ग्रेडवृद्धि गर्न पाउने भएका छन् । ती विषयमध्ये विद्यार्थीले चाहेका विषयमा र मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवृद्धिको परीक्षा २३ साउनदेखि गर्ने भएको छ ।

    १३ हजार ड्रपआउट
    साधारण र प्राविधिक विषयमा नियमित र एक्जाम्टेडतर्फ कुल चार लाख ८५ लाख ५ सय ८६ ले एसइईको परीक्षा आवेदन फारम भरेका थिए । तर, २१ हजार ८ सय ९७ विद्यार्थी अनुपस्थित भए । साधारणतर्फ नियमितका कुल १३ हजार ९०, एक्जाम्टेडतर्फ आठ हजार ६ सय ५७ ड्रपआउट भएका छन् । प्राविधिकतर्फ नियमितका एक सय ४४ र एक्जाम्टेडका ६ जना ड्रपआउट भए ।

    ११ जनाको रद्द, ७४ कम उमेर
    यस वर्षको एसइईमा ११ जनाको उत्तरपुस्तिका रद्द भएको छ । ७४ जना कम उमेरका रहेका पनिकाले जनाएको छ । एक हजार ५० जनाको प्रयोगात्मक परीक्षा छुटेको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतका नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूत

    काठमाडौँ । सरकारले भारतका लागि नेपाली राजदूतमा पर्वत जिल्ला स्थाइ घर भएका पूर्व प्रमुख आयुक्त...

    रमिलासँग मिलेर बाबुराम भट्टराईले बजारमा ल्याए धमाकेदार तीज गीत, खुमनले दिए साथ

    काठमाडौं । गायीका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तीजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’...

    रामहरी जोशीको प्रतिकात्मक प्रश्न बजारमा

    स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर...

    नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ डा. बस्नेतद्धारा ३३७ औं मोटिभेसनल स्पिच

    सानु घिमिरे । नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ एबं रामपुर क्याम्पसका प्राध्यापक डा होम...

    विश्वकप फुटबल २०१८: क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्यो

    एजेन्सी । क्रोएसियालाई हराउँदै फ्रान्सले  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad