SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/३/९ गते
    ३६५ पटक

    निर्मल पौडेल, एन पि घायल, कुस्मा पर्वत । टोलटोलमा प्रहरी अभियान कार्यक्रम अन्र्तगत कुस्माको वान्द्रेवेणी चौरमा सामुदायिक प्रहरी सेवाकेन्द्र शिवालय,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत र वजारचौकिले सचेतनामुलक संयुक्त कार्यक्रम सम्पन्न गरका छन् । शनिवार विहान कुस्मा नगरपालिका वार्ड नं. ६ कार्यालयको सकृयतामा टोल एरियाको वस्तुस्थितिको वारेमा कार्यक्रमको आयोजना गरिएको हो । सवारी दुर्घटना,न्यायको लागि सचेतना तथा नागरिकले दिएका जनगुनासाका सुझाव र जनचेतनामा अभिवृद्धि ल्याउने सुझाव प्रदान गर्ने लगायतका यावत विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा वोल्दै सामुदायिक प्रहरी सेवा केन्द्र शिवालयकी इन्चार्ज पुर्णिमा थापाले आफ्नो पेशाप्रति इमान्दारीताका साथ आफ्नो जिम्मेवारी पुरा गर्न आम नागरीकहरुलाई सुझाव दिँदै जनचेतना अभिवृद्धि गराउन प्रहरी सदासर्वदा जनताको साथमा रहेको वताउनुभयो । कार्यक्रममा प्रहरी सहायक निरिक्षक धु्रव वहादुर वोहोराले वार्ड नं ६ को टोल एरीयाको वारेमा जानकारी दिँदै आवश्यक निर्देशन दिनुभएको थियो । जिल्ला ट्राफिक हवल्दार काशीनाथ चौधरीले सडक प्रयोग गर्दा यात्रुहरुले अपनाउनुपर्ने सावधानी र दुर्घटना न्युनिकरणका कसरी कम गर्ने भन्ने वारेमा प्रष्ट पार्नुभयो ।

    त्यस्तै कु.न.पा. ६ कार्यपालिका सदस्य सुमित्रा पौडेलले आयोजना गरिएको कार्यक्रमले जनमानसमा चेतना जागेर आगामी दिनमा कुनैपनि कार्यमा लापरवाही हुन नदिने र सुरक्षित समाजको निर्माण होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभएको थियो । सामुदायिक प्रहरीले नमुना वमोजिमको पर्चा र पमप्लेट वितरण गर्दै सम्पन्न कार्यक्रममा वडा प्रतिनिधिहरु,जनकल्याण आमा समुहका पदाधिकारीहरु,होटल व्यावसायीहरु,शिक्षक नागरिक समाजका प्रतिनिधिहरु लगायत करिव ३५ जनाको उपस्थित रहेको थियो । कार्यक्रम कु.न.पन. ६ कि कार्यपालिका सदस्य सुमित्रा शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतका नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूत

    काठमाडौँ । सरकारले भारतका लागि नेपाली राजदूतमा पर्वत जिल्ला स्थाइ घर भएका पूर्व प्रमुख आयुक्त...

    रमिलासँग मिलेर बाबुराम भट्टराईले बजारमा ल्याए धमाकेदार तीज गीत, खुमनले दिए साथ

    काठमाडौं । गायीका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तीजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’...

    रामहरी जोशीको प्रतिकात्मक प्रश्न बजारमा

    स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर...

    नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ डा. बस्नेतद्धारा ३३७ औं मोटिभेसनल स्पिच

    सानु घिमिरे । नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ एबं रामपुर क्याम्पसका प्राध्यापक डा होम...

    विश्वकप फुटबल २०१८: क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्यो

    एजेन्सी । क्रोएसियालाई हराउँदै फ्रान्सले  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad