SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/३/४ गते
    २१०८ पटक

    दिपेश विश्वकर्मा,  कुश्मा पर्वत । महिलाहरुको महान पर्व हरितालिका तिज आउन करिव करिव ३ महिना वांकि छ । तर तिज गितका म्युजिक भिडियोहरु भने धमाधम छायांकन हुंदैछन । यसैक्रममा संचारकर्मि तथा चर्चित लोकदोहरी गाएक कृष्ण अखेली र लक्ष्मी नेपालीको स्वरमा सजिएको सानु मैले ढांटेको होईन राति गईयो रातिमै आईयो आंधि खोला कस्तो थियो चाल पाईन,संग संगै कृष्ण अखेली र निशा क्षेत्री निशाना को आवजमा जुरेली चरि वोलको गित,र सुर्य खड्का र निशा क्षेत्री निशानाको आवजमा रहेको भिरैमा कुरिलो यी तिन वटा गितको हिजो पर्वतको कुश्मा वान्द्रेविडिं चौरमा छायांकन गरिएको छ । यि तिनै गितका शव्द अहिलेका चर्चित शव्द संकलक शिव अखेलीले लेख्नुभएको हो ।

    अहिलेका व्यस्त निर्देशक प्रकास भट्टले यी तिनै गितको निर्देशन गरेका हुन भने तिनै गितमा भट्ट तथा चर्चित मोडल दिपासा वि.सीले अभिनय गर्नुभएको छ । पर्वत लगाएत आसपासका जिल्लाहरुमा छायांकन गरिएको म्युजिक भिडियो दर्शकहरुलाई आंखा सितलो पार्ने कुरामा ढुक्क रहंदै सम्पुर्णको मन जित्नेमा गितका सर्जक शिव अखेलीले विश्वास व्यक्त गर्नुभयो ।

    भिरैमा कुरिलो र जुरेली चरी गितमा गाएक खड्का र गायिका क्षेत्रीले गितको केहि अंश जापनमै छायांकन गर्नुभएको हुंदा हेर्ने दर्शकहरुलाई फरकपन महशुष हुने गाएक खड्काले वताउनुभयो । पछिल्ला केहि वर्षमा निरन्तर चर्चा कमाइरहेका गित भांडा तिरम्ला,सुनमा पैसो नहालम मायां,मोदिको पानि लगाएतका गितहरु जस्तै यी गितहरुले पनि पक्कै पनि स्रोता दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको चर्चित गाएक कृष्ण अखेलीले वताउनुभयो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतका नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूत

    काठमाडौँ । सरकारले भारतका लागि नेपाली राजदूतमा पर्वत जिल्ला स्थाइ घर भएका पूर्व प्रमुख आयुक्त...

    रमिलासँग मिलेर बाबुराम भट्टराईले बजारमा ल्याए धमाकेदार तीज गीत, खुमनले दिए साथ

    काठमाडौं । गायीका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तीजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’...

    रामहरी जोशीको प्रतिकात्मक प्रश्न बजारमा

    स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर...

    नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ डा. बस्नेतद्धारा ३३७ औं मोटिभेसनल स्पिच

    सानु घिमिरे । नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ एबं रामपुर क्याम्पसका प्राध्यापक डा होम...

    विश्वकप फुटबल २०१८: क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्यो

    एजेन्सी । क्रोएसियालाई हराउँदै फ्रान्सले  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad