SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/२/३० गते
    २२०० पटक

    नेकपाका नेता राम कार्कीले झापा जिल्ला क्षेत्र नम्बर १ मा कांग्रेसका चर्चित नेता तथा प्रवक्ता विश्वप्रकाश शर्मालाई हराएर प्रतिनिधी सभा सदस्यमा विजयी भएका हुन्। सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा कुराकानी गर्दै कार्कीले भने-‘यसपटक जनताले कम्युनिस्टलाई धेरै ठूलो मौका दिएको छ।यदि जनताको चाहना अनुसार काम गर्न सकिएन भने कम्युनिस्टहरु कहिल्यै उठ्न नसक्ने गरेर थला पर्छ।’ ‘दक्षिणपन्थी सोच राख्ने र जुझारु विचार बोक्नेहरू समेत एमाले-माओवादी पार्टी एकिकरण चाहान्थे।दुवै पार्टीसँग गौरवपूर्ण अतित छ तर वर्तमानमा दुवैमा बेहालतको स्थिती थियो।संस्था छैन,व्यक्तिहरु बाँचेका छन्।संस्था बोल्दैन व्यक्ति बोल्छन्।कमिटि प्रणाली ध्वस्त भएको छ। समाजवाद निर्माण गर्नको लागि जनतालाई बुझाउनु छ’,कार्कीले भने। नेपाली कांग्रेस पार्टी खत्तम भएको छैन।उसको आधार आज पनि रहेको कार्कीले बताए। ‘नेताहरु पधेर्नी गफ गरेर समय बिताइरहेका छन्।देश र जनताको हितमा उनीहरुले सोचेकै छैन।एउटा असल नेता बनौं भन्ने सोच नेताहरुमा छैन’,कार्की भन्छन्।

    ”राजालाई त नछाड्ने नेपाली जनता, यी नेता नसुध्रे चाँडै घोक्रेठ्याक लगाउँछन्”
    कार्कीले अगाडि भने-‘नेपाल आमा क्रान्तिकारी सन्तान जन्माउन उर्वर छिन्।अरु देशमा पच्चीस बर्षमा नआएको परिवर्तन नेपालमा पाँच बर्षमा आउँछ।किनभने नेपालमा सामन्तवादको जरा गहिरो ढंगले गाडिएन।नेपालमा दास युग थियो कि थिएन थाहाँ छैन। यहाँको हिन्दुवाद फरक हो।नेपालको हिन्दुवादलाई कट्टरतामा लैजान कोसिश भईरहेको छ, त्यो नेपालमा चल्दैन। त्यसको जरै छैन, कसरी चल्छ ? यो त बुद्धको देश हो। राजालाई सराद्धेमा पानी चढाउने जनताले महेन्द्रको छोरा ज्ञानेन्द्रलाई त छोडेनन् भने नेताले राजा बनेको स्वाङ गर्दा जनताले कतिदिन सहलान् ? अरु सबै पंचहरुले गरेको गल्तीको मूल्य ज्ञानेन्द्रले चुकाउनु पर्यो।त्यसैले नेताहरुले जनतालाई अवमूल्यन गर्नु नहुने कार्कीको भनाई छ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    चर्चित गित बोलमायाका निर्देशक प्रकाश सपुतलाई निशान बानियाँको एक्शन कट् *मरे बाकस*मा सबैको मन छुने गित (भिडियोसहित)

    पर्वत । नेपाली गित संगितलाई माया गर्नेहरुको लागि गित संगितका पारखीहरुको लागि बिल्कुलै नयाँ गित...

    प्रधानमन्त्री अाेलीलाई भारतबाट आयो नेपालीको अस्मितामाथि चोट पुग्ने चिठ्ठी

    काठमाडौं, । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक...

    असोज ६ गते शनिबार सेप्टेम्बर २२ राशिफल, श्रीपशुपतिनाथले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकार र राज्यपक्षबाट लाभ...

    मोहर्रम पर्व धुमधामले मनाईयाे

    अजय प्रताप मिश्रा, कपिलबस्तु। कपिलवस्तुको कृष्णनगरमा मुस्लिम धर्मबलिहरुको महानचाडपर्ब मोहर्रमको उपलक्षयमा कृष्णनगर न.पा.अन्तरगत लक्ष्मीनगरमा भब्यमेला अयाेजना...

    नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad