SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/२/१५ गते
    ७१६ पटक

    सरकारले आगामी आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गरेकाे छ । मंगलबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेकाे बजेटको आकार १३ खर्ब १५ अर्ब रहेकाे छ । बजेटमा राजस्वबाट ८ खर्ब उठाइने अनुमान गरिएकाे छ । वैदेशिक ऋण २ खर्ब २ अर्ब लिने घाेषणा गरेकाे छ । वित्तीय समानिकरणका लागि १ खर्ब ३५ अर्ब विनियाेजन गरेकाे छ । प्रदेश र स्थानीय तहले पहिचान गरी सञ्चालन गर्न विशेष अनुदान दिन २० अर्ब छुट्याएकाे छ ।

    सामाजिक कल्याण
    बजेटका प्राथमिकता सबल नागरिकलाई काम र रोजगारीको क्षेत्र पहिचान गर्ने ,समान कामका लागि समान ज्याला लागू गरिने , रोजगारी प्रत्याभूति विधेयक ल्याउने , श्रम क्षेत्रको विवाद समाधानका लागि अर्धन्यायिक निकाय गठन गर्ने बजेटमा भनिएकाे छ । विद्यार्थीलाइ शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने, सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिने, ७० वर्षभन्दा माथिका १ लाखसम्मको स्वास्थ्य विमा गरिने ,महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख बजेट ,प्रत्येक प्रदेशमा १ जेष्ठ नागरिक आरोग्य आश्रम स्थापना गरिने , १ हप्ताअघि नै जलवायुको पूर्वानुमान गर्न सकिने व्यवस्था गरेकाे छ । तराईमा खरको छाना भएकालाई जस्तापाता दिइने एक पटकका लागि सुकुम्बासीलाई आवासको व्यवस्था गरिने, घर घरमा मानव अधिकार कार्यक्रम सञ्चालन गरिने भएकाे छ ।

    उर्जा
    सरकारले ०७५ -८५ उर्जा दशक मनाइने ,बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने ,राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विजुली आयोजना बनाइने , सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको आकर्षक योजना सुरु गरिने, विद्युत नियमन आयोग गठन गरिने ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब विनियोजन , तराईमा २५ हजार घरमा गोवरग्यास प्लान्टमा अनुदान दिइने, उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड बजेट विनियाेजन गरेकाे छ ।

    उद्योग र पूर्वाधार
    सरकारले सुरक्षा निकायको बजेट गत वर्षको हाराहारीमा राख्ने निश्चित भएको छ । सरकारले पूर्वाधार विकासमा विशेष जोड दिएको छ । विकास निर्माण अन्तर्गत ठूला आयोजनालाई ठूलो मात्रामा बजेट विनियोजन गरेकाे छ । बजेटमा रेल मार्ग, मेलम्ची खानेपानी आयोजना, पूर्वपश्चिम मदन भण्डारी राजमार्गको लागि बजेट छुट्याएकाे छ । कृषि क्षेत्रको लागि उल्लेख्य बजेट वृद्धि गरिएको छ । रुग्ण उद्योग सार्वजनिक –निजी साझेदारीमा, खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनी, नेसनल ट्रेडीङ यसैमा गाभिने, प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका बनाइने, दक्षिणी सीमा जोडिएको स्थानीय तहमा सडक पूर्वाधारका लागि ५३ करोड , सडक प्रयोग गरेवापत कर तिर्नैपर्ने व्यवस्था गरिने, सडक बजेट ५ अर्ब, काठमाडौंमा केवलकार मोनोरेलका लागि सम्भाव्यता अध्ययन थाल्ने भएकाे छ । आगामी वर्ष भूकम्पको पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन, संघीय संसद भवन बनाउन बजेट विनियोजन , सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने, प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड । ५ योजना छनोट गर्न पाइने । त्यसका लागि सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा समिति बनाइने, १ अर्बभन्दा बढी पूँजी रहेको उत्पादनमुलक कम्पनीले पब्लिक कम्पनीमा परिणत भइ सेयरमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेकाे छ ।

    सूचना र सञ्चार
    चलचित्र व्यवसायमा बक्स अफिस प्रणाली लागू गरिने, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरिने, पत्रकार दुर्घटना विमाका लागि अनुदान, सबै प्रकारका सूचनामा नेपालीको पहुँच पुर्‍याइने, एक वर्षभित्र सबै नेपालीको बै‌क खाता लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै गरिने, सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याइने भ्रष्टाचार गर्ने र गराउने दुबैलाई कानुनी दायरामा ल्याइने , सरकारी सेवालाई आगामी वर्षमा विद्युतीय प्रणालीमा लगिने , ५ वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने अर्थ मन्त्रालयले आगामी आवको बजेटले आन्तरिक स्रोतलाई आफ्नो प्रमुख स्रोत मानेको छ । बजेटमा राजश्व करिव ११ खर्ब रुपैयाँको हाराहारीमा उठाउने लक्ष लिइएको छ । अरु रकम सरकारले ऋण र बैदेशिक अनुदानबाट व्यवस्थापन गर्नेछ । स्रोतका अनुसार बजेटले सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने छैन । सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने निर्णय तत्कालीन एमाले–माओवादी गठबन्धनको चुनावी घोषणापत्र विरुद्ध हो । घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता उल्लेखनीय वृद्धि गर्ने प्रतिबद्धता जनाइएको थियो ।

    तलब भत्ता
    कैदीको छोराछोरीले दूधवापत पाउने १० रुपैयाँ बढाएर ३५ पुर्‍याइयो । कैदीको सिदा खर्च रू ४५ बाट ६०, कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार पुर्‍याइयो । कर्मचारीको महंगी भत्ता २ हजार बढ्यो । आर्थिक वर्ष २०७५–७६ मा मोटर गाडीको भन्सार दर बढेकाे छ । त्यस्तै मदिरा र सूर्तीजन्य पदार्थमा पनि करकाे दायरा बढाइएकाे छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    चर्चित गित बोलमायाका निर्देशक प्रकाश सपुतलाई निशान बानियाँको एक्शन कट् *मरे बाकस*मा सबैको मन छुने गित (भिडियोसहित)

    पर्वत । नेपाली गित संगितलाई माया गर्नेहरुको लागि गित संगितका पारखीहरुको लागि बिल्कुलै नयाँ गित...

    प्रधानमन्त्री अाेलीलाई भारतबाट आयो नेपालीको अस्मितामाथि चोट पुग्ने चिठ्ठी

    काठमाडौं, । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक...

    असोज ६ गते शनिबार सेप्टेम्बर २२ राशिफल, श्रीपशुपतिनाथले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकार र राज्यपक्षबाट लाभ...

    मोहर्रम पर्व धुमधामले मनाईयाे

    अजय प्रताप मिश्रा, कपिलबस्तु। कपिलवस्तुको कृष्णनगरमा मुस्लिम धर्मबलिहरुको महानचाडपर्ब मोहर्रमको उपलक्षयमा कृष्णनगर न.पा.अन्तरगत लक्ष्मीनगरमा भब्यमेला अयाेजना...

    नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad