SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/२/१० गते
    २०३० पटक

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा क्षमता भएका युवाहरूको कमी नभएको बताएका छन् । उनले नेपालीले अवसर नपाएर क्षमता प्रदर्शन गर्न नसकेको मात्र भएको बताएका हुन् । बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको टान कान्तिपुर हिसान एडुकेसन फेयरमा बोल्दै प्रधानमन्त्री ओलीले अब देशमा रहेका क्षमताको सही पहिचान र सदुपयोग हुने बताएका हुन् । युवा क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै ओलीले क्षमताको सही पहिचान भए नेपालीले विश्वमा नाम चम्काउन सक्ने बताए ।

    उनले भने, ‘दुई चार डल्ला के फ्याँक्न पाएको थियो सन्दीप लामिछाने चम्कियो । सन्दीपले क्रिकेटमा चमत्कार गरेका छन्’, उनले थपे, ‘उनलाई गायन वा चित्रकलामा लगाएको भए हुँदैनथ्यो ।’ नेपालमा क्षमतावान युवाहरूको कमी नभएको दावी गर्दै उनले भने, ‘दुनियाँले हन्टिङ गरिरहोस् हामी सन्दीप लामिछाने उत्पादन गरिरहन्छौँ ।’

    ओलीले बालबालिकालाई क्षमता र रुचीअनुसारको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । उनले कुनै विद्यार्थीलाई पनि असक्षम भनेर ट्याग लगाउने नहुने बताए । नेपालमा पछिल्लो समय फेलको व्यवस्थालाई हटाएकामा उनले खुसी प्रकट गरेका थिए । उनले त्यसो गरेर कसैको पनि क्षमता र आत्मविश्वासमा खेलवाड गर्न नहुने बताए । ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको खाका तयार पारिरहेको र अब प्रमाणपत्र देखाएर जागिर खोज्दै भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताए ।

    उनले विकासका कुरा गर्दा केही मान्छेले हावादारी गफ भनेको भन्दै आपत्ती जनाएका थिए । विकास एकदुई दिनमै नआउने र सबै जनताको सहभागीता रहनुपर्ने उनको धारणा थियो । ओलीले शिक्षाका नाममा हुने व्यापारलाई नियन्त्रण गर्नेपनि बताएका छन् । उनले गुणस्तरीय शिक्षा भन्दैमा जति पनि शुल्क लिन नपाइने र नदिइने बताए । उनले नीजि क्षेत्रलाई शिक्षामा गरेको लगानी र योगदानको कदर गर्ने तर यसको माध्यमबाट हुने लुटलाई नसहने बताए । खबरडवलीबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    चर्चित गित बोलमायाका निर्देशक प्रकाश सपुतलाई निशान बानियाँको एक्शन कट् *मरे बाकस*मा सबैको मन छुने गित (भिडियोसहित)

    पर्वत । नेपाली गित संगितलाई माया गर्नेहरुको लागि गित संगितका पारखीहरुको लागि बिल्कुलै नयाँ गित...

    प्रधानमन्त्री अाेलीलाई भारतबाट आयो नेपालीको अस्मितामाथि चोट पुग्ने चिठ्ठी

    काठमाडौं, । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक...

    असोज ६ गते शनिबार सेप्टेम्बर २२ राशिफल, श्रीपशुपतिनाथले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकार र राज्यपक्षबाट लाभ...

    मोहर्रम पर्व धुमधामले मनाईयाे

    अजय प्रताप मिश्रा, कपिलबस्तु। कपिलवस्तुको कृष्णनगरमा मुस्लिम धर्मबलिहरुको महानचाडपर्ब मोहर्रमको उपलक्षयमा कृष्णनगर न.पा.अन्तरगत लक्ष्मीनगरमा भब्यमेला अयाेजना...

    नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad