SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१/१२ गते
    ३२४ पटक

    काठमाडौं । अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको छ ।

    नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।

    वासिङट्न पोष्टले विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेज फेला पारेको छ जसमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख छ ।

    महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्ने नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । सो स्किमअन्र्तगत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ ।

    अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु परेका छन् । ट्रम्प प्रशासनका हार्डलाइनरहरुले पहिलेदेखि नै टीपीएस सुविधा खारेजीमा जोड गरिरहेका थिए । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने र यसको प्रयोजन त्यस्तो नभएको उनीहरुको भनाइ छ ।

    ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो । यस्तै सानो संख्यामा निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो ।

    नेपालीको टीपीएस खारेज गर्ने दस्तावेजमा विभाग सचिव क्रिश्जेन नेल्सनले हस्ताक्षर नगरिसकेको भए पनि आन्तरिक दस्तावेजले चाडै नै उनले हस्ताक्षर गर्ने स्पष्ट संकेत गरेको वासिङटन पोष्टले जनाएको छ ।

    नेपालीलाई दिइएको टीपीएसको समय जुन महिनामा सकिँदैछ । समय समाप्त हुनुभन्दा ६० दिन पहिले निर्णय गरिसक्नुपर्ने प्रावधान रहेको हुँदा केही दिनमै विभागले नेपालीको टीपीएस खारेज निर्णय सार्वजनिक गर्न सक्ने छ । अनलाईन खबरबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    चर्चित गित बोलमायाका निर्देशक प्रकाश सपुतलाई निशान बानियाँको एक्शन कट् *मरे बाकस*मा सबैको मन छुने गित (भिडियोसहित)

    पर्वत । नेपाली गित संगितलाई माया गर्नेहरुको लागि गित संगितका पारखीहरुको लागि बिल्कुलै नयाँ गित...

    प्रधानमन्त्री अाेलीलाई भारतबाट आयो नेपालीको अस्मितामाथि चोट पुग्ने चिठ्ठी

    काठमाडौं, । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक...

    असोज ६ गते शनिबार सेप्टेम्बर २२ राशिफल, श्रीपशुपतिनाथले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकार र राज्यपक्षबाट लाभ...

    मोहर्रम पर्व धुमधामले मनाईयाे

    अजय प्रताप मिश्रा, कपिलबस्तु। कपिलवस्तुको कृष्णनगरमा मुस्लिम धर्मबलिहरुको महानचाडपर्ब मोहर्रमको उपलक्षयमा कृष्णनगर न.पा.अन्तरगत लक्ष्मीनगरमा भब्यमेला अयाेजना...

    नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad