SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७५/१/४ गते
    २७० पटक

    काठमाडौं, । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिना एजेण्डा नै चीन भ्रमणमा निस्किन लागेका छन् । उनले दिएको जानकारी अनुसार चीन भ्रमणमा ठोस एजेण्डामा कुराकानी नहुने भएको छ ।

    उनले बूढीगन्डकी जलविद्युत् परियोजनाकोबारेमा चीन सरकारसँग कुनै छलफल नहुने बताएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा ६ दिने चीन भ्रमणमा जानुपूर्व सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले बूढीगन्डकी जलविद्युत् परियोजनाबारे चीन सरकारसँग छलफलको कुनै एजेन्डा नभएको स्पस्ट पारे ।

    सूत्रहरुले दिएको जानकारी अनुसार आजैमात्र चीनीयाँ पक्षले परराष्ट्रमन्त्री ज्ञवालीलाई चीनीयाँ राष्ट्रपति सि जिनपिङ २०१८ मा नेपाल नआउने जानकारी गराएको छ । वर्तमान सरकारले चीनलाई बेवास्ता गरेको भन्दै चीनीयाँ पक्षले फोन गरेर नै मन्त्री ज्ञवालीलाई यस्तो जानकारी गराएको स्रोतको दाबी छ ।

    चीन उड्नुअघि मन्त्रालयमा आज विशेष पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले बूढीगन्डकी परियोजनाबारे पूर्ववर्ती सरकारले गरेको निर्णय अध्ययनको चरणमा रहेको स्पष्ट पारेका थिए । यसअघि, पुष्पकमल दाहाल नेतृत्वको सरकारले बूढीगन्डकी परियोजना निर्माणको जिम्मा चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)लाई दिने निर्णय गरेको थियो । तर, सो निर्णय शेरबहादुर देउवा सरकारले खारेज गरेको थियो ।

    परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वतयारीकोरुपमा पनि लिइएको छ । तर, मन्त्री ज्ञवालीले यस विषयमा स्पस्ट जवाफ दिन चाहेनन्

    आफ्नो भ्रमणको उद्देश्य निर्वाचनपछिको सरकारको विदेशनीति र प्राथमिकताबारे चिनियाँ सरकारलाई जानकारी गराउनु रहेको मन्त्री ज्ञवालीको भनाई छ ।

    चीनले प्राथमिकतामा राखेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई) नेपालको पनि प्राथमिकतामा रहेको भन्दै मन्त्री ज्ञवालीले दुवै देश मिलेर त्यसको ‘मोडालिटी’ तयार पारिने बताए ।

    बीआरआईअन्तर्गत् नेपालको प्राथमिकता पूर्वाधार निर्माणअन्तर्गत् सडक, रेल र ट्रान्समिसन लाइन भएको उनको भनाइ थियो । मन्त्री ज्ञवालीले भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने विषयमा चीन सरकारसँग कुरा हुने बताए । साझापेजबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    चर्चित गित बोलमायाका निर्देशक प्रकाश सपुतलाई निशान बानियाँको एक्शन कट् *मरे बाकस*मा सबैको मन छुने गित (भिडियोसहित)

    पर्वत । नेपाली गित संगितलाई माया गर्नेहरुको लागि गित संगितका पारखीहरुको लागि बिल्कुलै नयाँ गित...

    प्रधानमन्त्री अाेलीलाई भारतबाट आयो नेपालीको अस्मितामाथि चोट पुग्ने चिठ्ठी

    काठमाडौं, । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक...

    असोज ६ गते शनिबार सेप्टेम्बर २२ राशिफल, श्रीपशुपतिनाथले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकार र राज्यपक्षबाट लाभ...

    मोहर्रम पर्व धुमधामले मनाईयाे

    अजय प्रताप मिश्रा, कपिलबस्तु। कपिलवस्तुको कृष्णनगरमा मुस्लिम धर्मबलिहरुको महानचाडपर्ब मोहर्रमको उपलक्षयमा कृष्णनगर न.पा.अन्तरगत लक्ष्मीनगरमा भब्यमेला अयाेजना...

    नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad