SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/१२/२० गते
    १४० पटक

    भारतीय अधिकारिहरुले एक शक्तिशाली सञ्चार भू–उपग्रहसँग सम्पर्क टुटेको समाचारलाई पुष्टि गरेका छन् । मार्च २९ मा श्रीहरिकोटाको सतीश धवन अन्तरीक्ष केन्द्रबाट भूउपग्रह प्रक्षेपण गरिएको थियो ।

    यसको प्रक्षेपणलाई ठूलो सफलताको रुपमा हेरिएको थियो । रकेटको सफल प्रक्षेपण पछि बधाई दिनेहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि थिए । प्रक्षेपणलगत्तै वैज्ञानिकहरुले मिशन सफल भएको मानेका थिए ।

    तर आइतबार वक्तव्य जारी गर्दै भारतीय अन्तरीक्ष अनुसन्धान संस्था इस्रो)ले भन्यो “पृथ्वीको कक्षमा स्थापित गर्ने अन्तिम चरणमा उपग्रहको पृथ्वीसँग सम्पर्क टुट्यो ।” इस्रोले भूउपग्रहसँग सम्पर्क स्थापित गर्न लगातार प्रयास गरिरहेको बताएको छ ।

    भारत आफैले निर्माण गरेको जी.एस.ए.टी.–८ए भूउपग्रहलाई भारतीय सेनाबीचमा हुने सम्पर्क सुधार गर्ने हिसाबले डिजाइन गरिएको थियो । भूउपग्रहमा आधारित मोबाइल कम्युनिकेशन बढाउनको लगि यसलाई महत्वपूर्ण मानिएको थियो । साथै आपतकालिन स्थितीमा कुनै इलाकामा सम्पर्क विच्छेद हुँदा यसको मद्दतले सम्पर्क स्थापित गरेर राहत र बचाउको कार्यलाई सघाउन पुर्याउन सकिन्थ्यो ।

    इस्रोका प्रमुखले रिपोटरहरुसँग कुरा गर्दै ‘विद्युत सप्लाईमा आएको दुभाग्यपूर्ण गढबढी’ले गर्दा दुर्घटना भएको प्रतिक्रिया दिए । इस्रोका अनुसार २ टनको यो भूउपग्रह निर्माण गर्न २.७ अर्ब भारु लागेको थियो । यो दुर्घटनाले खबौं रुपैयाको भारतीय अन्तरीक्ष बजारमा धक्का दिएको मानिएको छ ।

    पछिल्लो समय भारत यो बजारमा प्रमुख खेलाडीको रुपमा उदाएको छ ।सन् २०१४ मा भारतले सफलतापूर्वक मंगलग्रहको कक्षमा एक अन्तरीक्ष वायनलाई राख्न सफल भएको थियो । यो सफलता पछि भारत पहिलो प्रयासमै मंगलको कक्षमा यान राख्न सफल पहिलो राष्ट्र भयो ।त्यस्तै यसले फेब्रुअरीमा एकै पटक विभिन्न आकारको १०४ भूउपग्रह प्रक्षेपण गरेको थियो । यो सफलता पछि भारतले सन् २०१४ मा ३७भूउपग्रह उडाएर रसियाले राखेको किर्तिमान तोडेको थियो । नयाबाटोबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    चर्चित गित बोलमायाका निर्देशक प्रकाश सपुतलाई निशान बानियाँको एक्शन कट् *मरे बाकस*मा सबैको मन छुने गित (भिडियोसहित)

    पर्वत । नेपाली गित संगितलाई माया गर्नेहरुको लागि गित संगितका पारखीहरुको लागि बिल्कुलै नयाँ गित...

    प्रधानमन्त्री अाेलीलाई भारतबाट आयो नेपालीको अस्मितामाथि चोट पुग्ने चिठ्ठी

    काठमाडौं, । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक...

    असोज ६ गते शनिबार सेप्टेम्बर २२ राशिफल, श्रीपशुपतिनाथले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकार र राज्यपक्षबाट लाभ...

    मोहर्रम पर्व धुमधामले मनाईयाे

    अजय प्रताप मिश्रा, कपिलबस्तु। कपिलवस्तुको कृष्णनगरमा मुस्लिम धर्मबलिहरुको महानचाडपर्ब मोहर्रमको उपलक्षयमा कृष्णनगर न.पा.अन्तरगत लक्ष्मीनगरमा भब्यमेला अयाेजना...

    नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad