SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    १३७ पटक

    कांग्रेस सांसद गगन थापाले सार्वभौम मतदाताको अनुभव गर्न नपाएको बताएका छन् । ‘यसअघिका चुनावमा मत माग्दै आउनुहुन्थ्यो । हात जोड्दै मत मागेको देख्दा मतदाताको सार्वभौम अधिकार प्रयोग गर्न लागेको जस्तो लाग्थ्यो’ मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘राष्ट्रपति भएका हुनाले हामी जनताका प्रतिनिधिका बीचमा आउन नहुने अवस्था छ । त्यसैले राष्ट्रपति भन्दा पनि राजसंस्थाको निरन्तरताको अभ्यास गर्न खोजेको भन्ने लाग्यो ।’

    साथै विगतका अभ्यासले राष्ट्रपति भनेको राजाले छाडेपछि खाली भएको ठाउँ भर्ने भन्ने जस्तो देखिएको उनले बताए । बाटोको सवारीदेखि तामझामको लोभ, सार्वजनिक कार्यक्रममा सहभागिता छनोट सबैले त्यस्तो लागेको थापाले सुनाए । पूर्वराष्ट्रपति रामवरण यादवको नाम नलिई उनले भने, ‘पूर्वराष्ट्रपति सामान्य जीवनमा फर्किनुपर्छ । पूर्वराष्ट्रपतिलाई अस्पतालमा उपचार गरिरहेको देख्यो भने बल्ल नागरिकलाई गणतन्त्र आएको महसुस हुन्छ ।’

    नयाँ राष्ट्रपति यसबाट मुक्त हुनुपर्ने उनले बताए । सांसद थापाले भने, ‘राष्ट्रपतिले कताकता राजाले छाडेको जुत्तामा खुट्टा हालेर ठाउँ भर्न चाहेको जस्तो पाएका छौं । यो बाट आफूलाई बाहिर निकाल्न सक्नुपर्छ ।’ राष्ट्रियसभा सदस्यको मनोनयनमा राष्ट्रपति भण्डारीले सरकारको सम्वन्धका सन्दर्भमा दलगत आस्थाका आधारमा व्यवहार गरेको देखिएको उनले बताए ।

    थापाले भने, ‘अब उहाँको अगाडि चुनौती छ, बहुमत भएको दलको प्रतिनिधित्व गर्दै राष्ट्रपति बन्दै हुनुहुन्छ । अस्तिको तीतो अनुभवले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुहोला र भन्ने आशंका बोकेर राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने अवस्था छ । उहाँको भूमिका निर्धारण गर्छ, सबैको राष्ट्रपति बन्न सक्नुहुन्छ कि हुन्न ?’ नयाँ राष्ट्रपतिले संविधानले दिएको भूमिका निर्वाह गर्नुपर्ने र समाजलाई जरादेखि नै हल्लाउन सक्ने सामाजिक आन्दोलनलाई अघि बढाउन मद्दत गर्नुपर्ने बताए । काठमाण्डौं टुडेबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad