SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    १०० पटक

    काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतदान गरेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी मतदानमा ओलीले प्रतिनिधिसभा सदस्यको हैसियतले मतदान गरेका हुन् ।

    उनले राष्ट्रपतिमा उपयुक्त व्यक्तिलाई भोट हालेको प्रतिक्रिया दिएका छन् । मतदान गरेर बाहिरिएका ओलीलाई ‘कसलाई भोट हाल्नुभयो ?’ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै ओलीले यो संवैधानिक प्रक्रिया भएको र आफूले राष्ट्रपतिमा उपयुक्तलाई व्यक्तिलाई भोट हालेको जवाफ दिए ।

    साथै प्रधानमन्त्री ओलीले अब छिट्टै नै सरकार विस्तार हुने पनि बताएका छन् । सञ्चारकर्मीको प्रश्नको जवाफ दिदै प्रम ओलीले भने, ‘अब छिट्टै नै सरकार विस्तार हुन्छ । छिट्टै सरकारले पूर्णता पाएको देख्न पाउनुहुन्छ ।’

    राष्ट्रपतिमा वाम गठबन्धनको तर्फबाट निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी र काँग्रेसको तर्फबाट कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन् । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । आज नै राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम आउनेछ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad