SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    १०६ पटक

    बीबीसी | मर्ने समयमा कसैको दिमागमा के हुन्छ होला ? कसैसँग यसबारेमा सटिक जानकारी छैन । वैज्ञानिकहरूलाई केही जानकारी अवश्य छ । तर यो सवाल अन्ततः एक खोजको विषय बनेको छ ।

    यद्यपि हालसालै केही वैज्ञानिकहरूले एक यस्तो अध्ययन गरेका छन्, जसबाट मृत्युका तन्त्रिका विज्ञानका बारेमा ध्यान दिन योग्य जानकारी पाएका छन् । यो अध्ययन बर्लिनको चेरिट विश्वविद्यालय र ओहायोको सिनसिनाटी विश्वविद्यालयका वैज्ञानिकहरूले जेन्स द्रेयरको नेतृत्वमा गरेका हुन् । यसका लागि वैज्ञानिकहरूले केही बिमारीको तन्त्रिका तन्त्रको सूक्ष्म अध्ययन गरेका हुन् । यसका लागि उनीहरूका परिवारबाट अनुमति मागेका थिए ।

    यिनीहरू ठूलो सडक दुर्घटनामा घाइते भएका अथवा स्ट्रोक र कार्डिएक अरेस्टको शिकार भएका थिए । वैज्ञानिकहरूले के थाह पाए भने पशु र मानिस दुवैको दिमाग मृत्युको समयमा एकै तरिकाले काम गर्छ । साथै एक यस्तो समय पनि आउँछ, जब दिमागको काम काजको अप्रत्यक्ष रूपमा बहाली हुन सक्छ ।

    यही यस अध्ययनको अन्तिम उद्देश्य थियो । केवल मृत्युको समयमा दिमागको निगरानी गर्नु मात्र होइन, उसको जीवनको अन्तिम क्षणमा मृत्युबाट कसरी बच्न सकिन्छ भन्ने बुझ्नका थियो ।
    जुन हामी पहिलादेखि नै जान्थ्यौँ ।

    यी वैज्ञानिकहरूको शोधभन्दा पहिला ‘ब्रेन डेथ’को बारेमा हामी जति जान्दछौँ, त्योभन्दा बढी जानकारी हामीले पशुहरूमा गरेको प्रयोगबाट मिल्यो । हामीलाई थाह हुन्छ मृत्युको समयमा शरीरमा खुनको प्रवाह रोकिन्छ र यसका लागि दिमागमा अक्सिजनको कमी हुन्छ । सेरेब्रल इस्किमया नामको यस्ता स्थितिमा आवश्यक रासायनिक अवयव कम हुन्छ र जसले दिमागमा ‘इलेक्ट्रिकल एक्टिविटी’ पूर्णरूपमा सकिन्छ ।

    के मानिन्छ भने दिमाग शान्त हुने यो प्रक्रिया यसकारण प्रयोगमा आउँछ, भोका न्युरान आफ्नो ऊर्जा संरक्षित गर्छन् । तर मृत्यु हुन केही समय मात्र बाँकी हुने भएकाले उनको संरक्षित ऊर्जा कुनै काममा आउँदैनन् ।

    सबै मुख्य आयन दिमागका कोशिकाहरूलाई छोडेर अलग हुन्छन् । जसमा एडेनोसिन ट्राइफास्फेटको आपूर्ति कमजोर पर्छ । यही कारणले जटिल जैविक रसायन हो, जुन पूरा शरीरमा ऊर्जाको स्टोर गर्छ र त्यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान्छ ।

    यसपछि टिभ्यु रिकभरी हुन सम्भव हुँदैन ।

    मानिसमा………..

    तर वैज्ञानिकहरूको टिम मानिसको सम्बन्धनमा यस प्रक्रियालाई अझै गहिरोसाथ बुझ्न चाहन्छन् । यसकारण उनले केही बिमारीहरूको दिमागको न्युरोलोजिकल गतिविधिहरूको निरीक्षण गरे । डाक्टरहरूको तर्फबाट बिमारीहरूको इलेक्ट्रोड स्ट्रिप्स आदिको प्रयोगले बेहोसीबाट फिर्ता ल्याउने कोशिश नगरियोस भन्ने निर्देशन दिइएको थियो ।

    वैज्ञानिकले पत्तालगाए कि नौमध्ये आठ जना बिमारीको दिमागको कोशिकाहरू मृत्युलाई रोक्ने कोशिश गरीरहेका थिए । उनले पत्ता लगाएकी मुटुको धडकन रोकिएपछि पनि दिमागको कोशिकाहरू र न्युरोन काम गरिरहेको थियो ।

    न्युरोनले काम गर्ने प्रक्रिया के हुन्छ भने त्यो आवेशित आयन्सले आफूलाई भरछ र आफूर आफ्नो वातवरणको बीचमा विद्युत असन्तुलन बनउँछ । यसबाट सानो झट्का उत्पन्न गर्न सक्षम हुन्छ । वैज्ञानिकहरूका अनुसार यो विद्युत असन्तुलन बनाउनु निरन्तर गरिने प्रयास हो ।

    यसका लागि यी कोसिकाहरू सञ्चालित रगतको प्रयोग गर्छन् र त्यसबाट अक्सिजन र रासायनिक ऊर्जा प्राप्त गर्छन् । वैज्ञानिकका अनुसार जब शरीर मर्छ र दिमागमा रगतको प्रभाह बन्द हुन्छ त अक्सिजन पाउँदैन त न्युरोन ती छोडिएका संसाधनहरूलाई जम्मा गर्ने कोसिस गर्छन् ।

    यद्यपि यो विस्तार नफैलिएर नै पूरा दिमागमा एक साथ हुन्छ, यसलाई ‘अनडिस्पस्र्ड डिप्रेसन’ भनिन्छ । यसपछिको अवस्था ‘डिपोलराइजेसन अफ डिफ्युजन’ भनिन्छ, जसलाई बोलचालको भाषामा ‘सेरब्रल सुनामी’ भन्छन् ।

    इलेक्ट्रकैमिकल व्यलेन्सका कारणले दिमागको कोशिकाहरू नस्ट हुन्छन्, जसको खास मात्रामा थर्मल इनर्जी रिलिज हुन्छ । यसपछि मानिसको मृत्यु हुन्छ ।
    तर अध्ययन भन्छ आज मृत्यु जति अटल छ भविश्यमा पनि त्यस्तै रहन आवश्यक छैन ।

    जेन्स द्रेयर भन्छन्, ‘एक्सपेन्सिभ डिपोलराइजेसनले कोशिकीय परिवर्तनको सुरुवात हुन्छ र त्यसपछि मृत्यु हुन्छ तर यो आफैमा मृत्युको क्षण होइन किनभने डिपोलराइजेशनमा ऊर्जाको आपूर्ति गरेर फर्कन सक्छ ।’

    यद्यपि यसलाई प्रयोगमा ल्याउन धेरै शोधको आवश्यकता छ । द्रेयर भन्छन्, मृत्युझैँ यी तन्त्रिकासम्बन्धी पक्ष पनि गाह्रो घटना हो, जससँग जोडिएका प्रश्नको सजिलो उत्तर छैन ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad