SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    १०० पटक

    हेटौँडा। जीवन सुरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडाका विद्यार्थीले सोमबार पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाका छोरा सुमित लामाले आफुहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेका हुन् ।

    हेटौंडामा मेयर उपमेयर सहित अधिकांश स्थानमा एमालेले जीतेको छ। क्याम्पसमा व्याचस्तरीय फुटबल प्रतियोगितामा क्याम्टेन बन्ने विषयमा विवाद भएपछि लामाले आफ्नो आमाको पदीय मर्यादाको दुरुपयोग गर्दै विद्यार्थीलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

    सुमितले अन्य विद्यार्थीलाई धम्क्याउँदै भने, ‘ देश र प्रदेशमा एमालेकै नेतृत्वमा सरकार छ। यहाँ त मेरै आमा उपमेयर भएको यादै होला।’ उनले विद्यार्थीहरुलाई कुटपिट मात्र गरेनन् ज्यान मार्ने धम्की समेत दिए।

    विएससी प्रथम बर्ष दोस्रो सेमेष्टरका विशाल कोइराला र लामाबीच क्याम्टेन बन्ने विषयमा विवाद भए पनि विवाद मिलिसकेको अवस्थामा फागुन २६ गते दिउँसो छलफल गर्नुछ भनि बाहिरबाट गुण्डा बोलाई मुकुन्द पौडेल र धिरज भट्टलाई कुटपिट गरेको उनीहरुले बताए।

    पौडेल र भट्टलाई कुटपिट गरेको र कोइरालालाई ज्यान मार्ने धम्की दिएकाले सुरक्षाका लागि जिल्ला प्रहरी, क्याम्पस प्रशासनलाई निवेदन समेत दिएको उनीहरुले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । विद्यार्थीहरुले क्याम्पसमा सुरक्षित ढंगले पढ्ने वातावरण तयार गरिदिन सरोकारवाला सबैसंग आग्रह गरेका छन् । हाम्राकुराबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad