SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    ९४ पटक

    हिजो भएको US-Bangla Airlines बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली सथै १३ MBBS का बिधार्थी का तस्वीर र नाम निम्न प्रकार

    सम्पुर्ण बिधार्थी MBBS अन्तीम् बर्षको परीक्षा दिएर घर आउदै थिए…!! Anjila Shrestha, Algina Baral, Ashna Shakya, Shweta Thapa, Neega Maharjan, Sanjaya Maharjan. From left, bottom row: Charu Baral, Princy Dham, Samira Byanjankar, Saruna Shrestha, Meeli Maharjan, Sanjaya Poudal —

    बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली अधिकारीहरुबाट दुर्घटनाको बारेमा जानकारी गराएका थिए । दुर्घटनामा परेको विमानमा सवार चालक दलका सदस्यसहित ७१ यात्रु सवार थिए ।जस्मा ३३ यात्रु नेपाली नागरिक रहेको बताइएको छ । ३३ नेपाली यात्रुमा २८ महिलासहित बालबालिका रहेको बताइएको छ । केएमसी अस्पताल सिंनामंगलमा उपचारको अवस्थामा मृत्यु भएको मध्ये चारको सनाखत भएको छ ।

    जस्मा तीन नेपाली यात्रुहरु सजना देवकोटा, प्रवीण चित्रकार, हरिशंकर चित्रकार र विदेशी नागरिक रोकिबुल हसन रहेका छन् । दुर्घटना परि आगलागीमा परेको विमानबाट ११ जनाको सकुशल उद्दार गरिएको बताइएको थियो ।विमानले इन्जिनमा खराबी आएको भन्दै अफ रुटबाट त्रिभूवन विमानस्थलमा अवतरण गरेको थियो ।

    ०००

    यो पनि पढ्नुहोस :

    एयरपोर्ट ट्राफिक कन्ट्रोलर र युएस-बंगलाका पाइलट बीच दुर्घटना हुन अगाडी भएको अन्तिम सम्बादको अडियो सार्वजनिक गर्नेलाई कारबाही हुने (लिक अडियो सुन्नुहोस)

    काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलको एअर ट्राफिक कन्ट्रोलमा सोमबार कार्यरत कर्मचारीहरूलाई ‘ड्युटी अफ’ गराएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाअघि विमानका पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीच भएको सम्वादको अडियो सार्वजनिक भएपछि प्राधिकरणले ६ जना कर्मचारीलाई बिदा दिइएको हो।

    गोप्य रहने उक्त अडियो इन्टरनेटमा लिक भएपछि छानबिनलाई सहज होस् भनेर तत्कालका लागि उनीहरूलाई कामबाट बिदा दिइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूलाई निलम्बन वा अन्य कुनै कारबाही भने गरिएको होइन।

    सोमबार ४९ जनाको ज्यान जाने गरी भएङ्को युएस बंगला विमान दुर्घटना आफ्नै आँखाले देखेका उनीहरू काम गर्ने मुडमा नभएकोले रिफ्रेस हुन छुट्टी दिइएको स्रोतले जनाएको छ। उनीहरूको ठाउँमा अन्य कर्मचारी खटाइएको छ।

    ‘अडियो सार्वजनिक गर्नेलाई कारबाही हुन्छ’

    प्राधिकरणले सम्वेदनशील र गोप्य अडियो सार्वजनिक गर्नेमाथि कारबाही हुने बताएको छ। प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले उक्त घटनालाई ‘आपराधिक काम’ को संज्ञा दिए।

    ‘यो आपराधिक काम हो’, उनले भने, ‘गोप्य र सम्वेदनशील सामग्री सार्वजनिक गर्नेमाथि छानबिन गरी कारबाही हुन्छ।’ अडियो सुन्नुअघि ध्यान दिनुस्- यसको आवाजले तपाईँलाई झर्को लाग्न सक्छ।

    ०००

    यो पनि पढ्नुहोस :

    युएस बंगला जहाज दुर्घटना हुनु भन्दा केहि मिनेट अगाडी एयर ट्राफिक कन्ट्रोल र पाइलटबीच भएको अन्तिम कुराकानी सुन्नुहोस (अडियो सहित) काठमाडौँ,२८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जानकारी दिएको छ ।

    ७१ जना सवार विमान दुर्घटना भएको हो । उक्त जहाजमा सबै भन्दा धेरै नेपाली नागरिक सवार थिए । ३३ नेपाली ३२ बंगलादेशी,१ माल्दिप्स र १ जना चिनिया नागरिक सहित ४ जना चालक दलका सदश्य थिए ।

    कसरी भयो त जहाज दुर्घटना

    यकिनक साथ यहि कारणले दुर्घटना भएको भन्ने स्थिति छैन। पाइलटको गल्तिले यो ठुलो दुर्घटना हुन पुगेको खुलेको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यूएस बंगला विमानले अवतरण गर्ने बेलमा नै ‘मिस अप्रोच’ गरेकोले दुर्घटना भएको बताएका छन् ।

    ‘नाइन नटिकल माइल’ आइसकेपछि जहाजलाई साउथ (जिरो टू)बाट ल्याण्ड गर्ने अनुमति दिँदा खेरी पाइलटले उत्तर (टू जिरो) तिरबाट ल्याण्ड गर्छु भनेर उत्तरतिर लागेको उनले बताए।

    उत्तरतिर लागिसकेपछि टावर कन्ट्रोलरले फेरी तपाईं (पाइलट)लाई केही समस्या छ र भनेर सोध्नुभयो। पाइलटले केही समस्या नभएको जनाए। तर विमान उत्तर गएर ल्याण्ड गर्नुपर्नेमा उत्तर पूर्व गएर दुई फन्को लगाउनुभयो,’ उनले भने, ‘टावरले तपाईंले किन ल्याण्ड गर्नुभएन? तपाईंलाई ठीक छ भनेर सोध्नुभयो। पाइलटले म ठीक छु ल्याण्ड गर्दैछु भनेर जवाफ दिनुभयो। ल्याण्ड गर्ने बेला ‘एलाइन्मेन्ट’ मिलेको थिएन। कन्ट्रोलरले ल्याण्ड गर्ने बेला एलाइन्मेन्ट मिलेको छैन भन्दा पाइलटले रेन्सपोन्स गर्नुभएन।

    ‘जहाज ल्याण्ड गर्ने बेलामा विमानस्थलको टावर छेउबाटै आयो। झन्डै झन्डै पार्किङमा रहेको जहाजको अति नजिकबाट टच डाउन गरी कन्ट्रोल गर्न नसकेर पूर्व पट्टीको बार भत्काई खाल्डोमा गएर खस्यो,र आगो लग्यो ।

    जहाज दुर्घटना हुनु भन्दा केहि मिनेट अगाडी त्रिभुवन अन्तरास्ट्रिय बिमानसथाल्का एयर ट्राफिक र पाइलटबीच भएको यो अन्तिम कुराकानी सुन्नुहोस :

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad