SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    ५५ पटक

    माओवादी केन्द्रका अध्यक्ष, प्रचण्ड र चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी र म चन्द्रपुरमा भएको एउटा कार्यक्रममा सहभागी भएर सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं फर्किँदै थियौं ।

    हामी काठमाडौंमा ल्याण्ड गर्न लाग्ने समयमा एयरपोर्टबाट हेलिकप्टरमा विमानस्थलमा ठूलो दुर्घटना भएको र त्यहाँ हाम्रो हेलिकप्टर अवतरण हुन नसक्ने जानकारी पायौं । हाम्रो हेलिकप्टर काठमाडौंको आकाशमाथि थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कालो धुवाँको मुस्लो उडिरहेको थियो । आकाशबाट हामीले निकै नै ठूलो दुर्घटना भएको अनुमान गरेका थियौं । त्यो समय माओवादी अध्यक्ष प्रचण्ड र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी दुर्घटनाको खबरबाट चिन्तित हुनुहुथ्यो ।

    मधुसुदन पौडेल
    हामी चढेको हेलिकप्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण नहुने जानकारी आयो । त्यसपछि लगनखेलमा रहेको सेनाको ब्यारेकमा अवतरण हुने भनियो । पछि भने विमानस्थल अतवरण गर्न सकिने जानकारी आयो । हाम्रो हेलिकप्टर ल्याण्ड हुँदा कालो धुवा बाक्लोसँग उडिरहेको थियो । विमानस्थलको हेलिकप्टर ल्याण्ड हुने स्थानमा हाम्रो हेलिकप्टर ल्याण्ड भयो ।

    हामीलाई लिन आएका कर्मचारीले सुनाए अनुसार बिमान बङ्लाको जहाज विमानस्थलमा रहेका सबै जहाजलाई नै सोहर्नेगरी ल्याण्ड भएको थियो । त्यो बेला बुद्ध एयरको जहाज भने उडानको लागि तयारीमा थियो ।

    अन्य अवस्थामा प्रचण्ड पनि विमानस्थलमा उत्रिएपछि आफ्नो गाडीमा बसेर निवासमा जाने गर्नुहुन्छ । यस्तै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीपनि त्यही गर्नुहुन्छ ।

    डरलाग्दो गरी दुर्घटना भएका हुँदा प्रचण्डले १५ मिनेटजति दुर्घटनाको बारेमा जानकारी लिनुभयो भने विनोद चौधरीले पनि यसको जानकारी लिनुभयो । दुर्घटना निकै ठूलो भएको रहेछ । हामी दुखी हुँदै बाहिरियौं । चौधरी ग्रुपका महाप्रवन्धक पौडेलसँग गरिएको कुराकानी

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad