SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२९ गते
    ११८ पटक

    नेपाली सेनाले युएस बङ्लाको यात्रुवाहक विमान दुर्घटनापछि उद्धारका लागि करिब ७०० सैनिक टोली परिचालन गरेको जनाएको छ ।बंगलादेशको ढाकाबाट चार चालक दलसहित ७१ यात्रु बोकी आएको उक्त विमान दिउँसो २ः२० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ श्री सैनिक हवाई महानिर्देशनालय, श्री नं १४ वाहिनी अड्डा, श्री कालीप्रसाद गण (ई), श्री इओडी होल्डिङ युनिट तथा उपत्यका पृतना हेक्वा मातहतबाट सैनिक उद्धारमा खटाएको सैनिक जनसम्पर्क एवं सूचना निर्देशनालयले जनाएको छ ।

    रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत अन्य उच्च पदाधिकारी दुर्घटना स्थलमा पुगी उद्धार कार्यको निरीक्षण गर्नुका साथै उद्धार कार्यमा संलग्न सम्पूर्ण व्यक्तिलाई हरसम्भव उपायको अवलम्बन गरी उद्धार गर्न निर्देशनसमेत दिनुभएको थियो ।विमान दुर्घटनामा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आफन्तजन गुमाएका शोकसन्तप्त परिवारजनमा नेपाली सेना हार्दिक समवेदना प्रकट गर्दछ ।

    घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दै सेनाले उद्धार कार्यमा सहकार्य गर्ने अन्य सुरक्षा निकायलगायतका उद्धारकर्मीको प्रयासको सराहनासमेत गरेको छ ।

    विमानकी चालिका पृथुला रशिदको उपचारका क्रममा मृत्यु

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार दुर्घटनाग्रस्त भएको विमानकी चालिका पृथुला रशिदको मृत्यु भएको छ । दुर्घटनापछि काठमाडौं मेडिकल कलेजमा लगिएकी रशिदको मृत्यु भएको हो । बिमानका अर्का चालक खवाज हुसेनको पनि मृत्यु भएको छ ।रशिद यूएस–बांग्ला विमानको पाइलट र फर्स्ट अफिसर थिइन् । उनले आरिराङ फ्लाइङ स्कूलबाट विमान चलाउन सिकेकी थिइन् । पाइलटले कन्ट्रोल रुमको निर्देशन नमान्दा विमान दुर्घटना भएको विमानस्थल अधिकारीहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad