SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२८ गते
    १२४ पटक

    चुनाव बहिष्कारसहित राज्य र मुख्य दलको विपरित धारका रुपमा आफूलाई स्थापित गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति जारी रहेको भन्दै बाँकी खण्ड पुरा गर्ने दाबी गरेको छ ।

    सो पार्टीका एक प्रभावशाली नेताले विगतमा चलेको १० बर्षे जनयुद्धलाई फिल्मको संज्ञा दिँदै त्यसको आधा भाग रहेको चेतावनी दिए । नेपाल समाचारपत्रबाट

    फुट्यो बाम गठबन्धन, गोपी अधिकारी र केदारनाथ शर्माले आज छुट्टा छुट्टै प्यानल दर्ता गर्ने तयारी
    पर्वत । पर्वतमा नेकपा एमाले र माओवादी केन्द्रका ब्यापारीहरुले यसपाली उद्योग बाणीज्य संघको निर्बाचनमा बाम गठबन्धनलाई फुटाउँदै पार्टीगत शैलीमा नै मनोनयन दर्ता गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा एउटै प्यानलबाट निर्वाचनमा होमिएका र बिजय भएका बामपन्थी गठबन्धनका ब्यापारी नेताहरुले एकले अर्कालाई स्वीकार गर्न नसकेपछि आज छुट्टा छुट्टै टिम निर्माण गरि दर्ता गर्न लागेका हुन् ।

    आज बिहान सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै अध्यक्षका प्रत्यासी तथा पर्वत उद्योग बाणीज्य संघका बरिष्ठ उपाध्यक्ष भएका माओवादी केन्द्र निकटका ब्यापारी गोपी अधिकारीले अर्को पक्षबाट कुनै वास्ता नभएको कारण आज आफ्नो टिमसहित उमेद्बारी दर्ता गर्न लागेको बताए ।

    यस्तै अध्यक्षका पत्यासी पर्वत उद्योग बाणीज्य संघका द्धितिय उपाध्यक्ष तथा एमाले निकट ब्यापारी केदारनाथ शर्मा आफुले निर्वाचन जित्ने निश्चित भएको भन्दै आज दिउँसो आफ्नो प्यानलसहित पर्वत उद्योग बाणीज्य संघमा रहेको निर्वाचन कार्यालयमा आफ्नो प्यानल दर्ता गराउने अन्तिम तयारी रहेको बताए ।

    पर्वत उद्योग बाणीज्य संघमा औपचारिक रुपमा फुट्यो बाम गठबन्धन, अधिकारी र शर्मा चुनावी प्रचारमा लागे
    पर्वत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ब्यापारीहरुको नेतृत्वमा बनेको सयुक्त प्यानल बिभाजन भएको छ । बिगतमा पर्वत उद्योग बाणीज्य संघको चुनावमा सुयुक्त प्यानलबाट चुनाव लडी बिजय भएका ब्यापारीहरु यसपाली बिभाजन भई चुनावी प्रतिश्पर्दामा देखिएका छन् । निरन्तरका वार्ता तथा छलफलहरुबाट कुनै निकाश ननिस्केपछि संघका नेताहरु एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका हुन ।
    बिगतमा निर्वाचनका बरिष्ठ उपाध्यक्ष भएका माओवादी केन्द्रका गोपी अधिकारीले यसपाली बिनासर्त अध्यक्ष पाउनुपर्ने भएपनि एमाले निकटका ब्यापारीहरुले आफुहरुको संख्या धेरै भएको भन्दै अध्यक्ष छोड्न तयार नभए पछि यस्तो अबस्था आएको बताइएको छ । माओबादी केन्द्र निकटका ब्यापारी संगठन पर्वत का अध्यक्ष गणेश लामिछाने भने बिगतमा हरीओम शर्मा लामिछानेलाई निर्बाचन जिताउनको लागि सहमती गर्दा अर्को कार्यकालमा गोपी अधिकारीलाई अध्यक्ष मान्ने भद्र सहमती भएको भएता पनि एमाले निकटका सिमित केहि ब्यापारीहरुले उक्त कुरा नमानेपछि आफुहरु मैदान आएको बताए ।

    सुचना केन्द्र डटकमले आगामी कार्यकालको अध्यक्षका लागि मैदानमा रहेका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीलाई चुनावमा होमिनु भएछ किन ? भन्ने प्रश्नमा अधिकारीले भने आफुले ब्यापारीहरु भित्रको इमान्दारीता, ब्यावसायीकताको लागि निरन्तर काम गरेको र बिगतमा पनि टिमलाई जिताउनपर्छ भनेर लागेको कुरालाई आम ब्यापारीहरुले सम्झीराखेको भन्दै यसपाली अध्यक्षमा उमेद्बारी दिने बताए ।
    अधिकारीले बिगतको सहमतीमा उद्योग बाणीज्य संघ पर्वतका अध्यक्ष हरीओम शर्मा लामिछाने इमान्दार नभएको भन्दै आक्रोष समेत पोखे । उनले भने यदि हिजो भद्र सहमती नभएको भए मलाई किन बरिष्ठ उपाध्यक्ष बनाएर पोल्डुलम बनाएको, हिजो सहमती गर्दा आखाँ चिम्लने र अहिले अर्को मानिसलाई अध्यक्षमा बोकेर हिड्न कसरी मिल्छ भन्दै प्रश्न गरे ।
    यस्तै अर्का अध्यक्षका प्रत्यासी पर्वत उद्योग बाणीज्य संघका द्धितिय उपाध्यक्ष केदारनाथ शर्मा आज वारी बेनी तिर चुनाव प्रचारमा गएका

    छन् तर शर्माले सुचनाकेन्द्र डटकमसँग आफु चुनाव प्रचारमा नगएको बताएका छन् । उनले भने चुनाव बैशाख ३ गते आउँदैछ हाम्रा मतदाताहरु ठाउाँउँमा छरिएर रहेको अबस्थामा हुनुहुन्छ त्यस्तै बारीबेनी उद्योग बाणीज्य संघको टिम नै गएको बताए । बामगठबन्धन त फुटाउनु भएछ नि भन्ने प्रश्नमा शर्माले अहिले नै यस्तो भन्ने अबस्था नआएको बताए । हामी छलफलमा नै छौं केहि निर्णय भएको छैन अहिले नै टिम बिभाजन भयो नभनौं उनले भने ।

    यता उद्योग बाणीज्य संघ पर्वतका अध्यक्ष हरीओम शर्मा लामिछानेले भने सबै मिल्नुको बिकल्प नै नभएको बताएका छन् । आफु संस्थाको अध्यक्ष भएको नाताले कसैलाई काखा र पाखा नगरेको बताउँदै मिलेर काम गर्नुमा नै सबैकोभलाई हुने बताए । उनी भन्छन् हामी सहमतीको प्रयासमा नै छौं गोपी जि वा केदार जो अध्यक्ष भएपनि आफुलाई केहि नहुने समेत बताए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad