SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२८ गते
    ५७ पटक

    काठमाडौं, । छाडा बजार नियन्त्रण गर्न सरकारले पछिल्लो ६ महिनाको अवधिमा साढे ३६ लाख रुपैयाँ खर्च गरेको छ। सरकारी ढुकुटीबाट यति ठूलो रकम खर्च भइरहँदा प्रतिफल भने शून्य भेटिएको छ । अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत साउनदेखि पुस महिनासम्ममा बजार अनुगमनका नाममा उपत्यकामा मात्रै ३६ लाख ४२ हजार नौ सय रुपैयाँ खर्च गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

    ६ महिनाको अवधिमा विभागले उपत्यकाभर तीन हजार पाँच सय ६० पटक अनुगमन गरे पनि हालसम्म एक जना दोषीलाई पनि कारबाही गरेको छैन । विभागले ऐनलाई कमजोर भन्दै आफै कारबाही गर्न नसकेर प्रहरी र प्रशासनमा मुद्दा दायर गर्न २६ वटा फाइल पठाएको छ। यो २६ वटा फाइलसम्बद्ध दोषी भनिएका व्यवसायी र उद्योगीमाथि पनि हालसम्म कुनै कारबाही भएको छैन ।

    विभागले संख्यात्मक रूपमा बर्सेनि हजारौंको संख्यामा अनुगमन गर्ने तर कारबाही कसैमाथि गर्न नसक्ने प्रवृतिका कारण छाडा बजार सुधारको साटो बिग्रँदै गएको छ। तथ्यांक विश्लेषण गर्ने हो भने अनुगमनका लागि आउने रकम प्रतिफल बिना नै खर्च भइरहेकोे छ । विभाग आफैले प्रमाणसहित दोषी उल्लेख गरेका प्रतिष्ठान, व्यवसायी र उद्योगमाथि कारबाही गर्न असफल भएको छ ।

    विभागको अनुगमन भत्ता खानकै लागि पुष्टि भएको छ। दैनिक गरिने अनुगमनमा सहभागी हुने कर्मचारी र उपभोक्तावादीलाई खाजाबापत पाँच सय रुपैयाँ व्यवस्था समेत छ। आपूर्ति विभागको मुख्य जिम्मेवारी नै बजार अनुगमन गर्ने दायित्व भए पनि अनुगमनमा खटिने कर्मचारीका लागि प्रोत्साहनबापत छुट्टै पाँच सय रुपैयाँको व्यवस्था छ।

    विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनुगमन र बजेट खर्च छुट्टाछुट्टै विषय भएको दाबी गरे। उनले भने, ‘अनुगमनसँग रकम खर्चको कुरा जोडिन्न। रकम अनुगमनकै लागि आएको हो। हामीले दैनिक प्रभावकारी अनुगमन गरिराखेकै छौं। हो, कारबाही गर्न सकेका छैनांै। ऐन निकै पुराना छन्। हाम्रा हात खुट्टा बाँधेर कसरी कारबाही गर्न सकिन्छ ? ’

    विभागले दरबारमार्ग ठगी प्रकरणमा तिरुपति (लिवर्टी जुत्ता), वाच एन्ड सी, लेबल्स स्टोर (रिबुक), लेबल्स स्टोर (लिभाइज), सुलक्स सेन्टर, फिट वेल सुज, एमजीए सेन्टर, लाइफ स्टाइल इन्टरप्राइजेज, बेन्टले द लेदर, सुबोध रिटेल, प्लाटिनम ट्रेड कन्सर्न, एभिन्यूज मार्केटिङ, बिना फेसन हाउस, अप्सन, स्र्पोट्स प्लाजा, एडभेन्चर गियर आउटडोर मुद्दा चलाउन प्रहरीलाई फाइल पठाएको छ।

    यस्तै कास्कीको दलबहादुर एन्ड सन्स, युनाइटेड ज्वेलर्स मार्ट, गोरखा एन्ड बराहा ज्वेलर्स, फेवा सन्तोष सुनचाँदी, अर्जुन पुम्दी भुम्दी सुनचाँदी, काठमाडौंको बी एन्ड बी अस्पताल, नेपाल इन्स्टिचयुट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज, इशान बाल तथा महिला अस्पताल, ग्रान्डी इन्टरनेसनल, बयोधा अस्पताल र नर्भिक अस्पतको पनि फाइल पठाएको छ।

    विभागका अनुसार पछिल्लो ६ महिनाको अवधिमा अनुगमनका नाममा विभागले आफै उपत्यकामा मात्रै १६ लाख रुपैयाँ खर्च गरेको छ। यो वर्षका लागि विभागले उपत्यकाभर अनुगमन ४१ लाख २८ हजार र उपत्यका बाहिरका लागि ६९ लाख रुपैयाँ विनियोजन गरेको छ । यस अतिरिक्त विभागले साझेदारी कार्यक्रमको नाममा करिब एक दर्जन उपभोक्तावादी संघसंस्थालाई उपत्यका भित्र नै १५ लाख ९७ हजार नौ सय रुपैयाँ (सरकारी हन्डी) बाँडेको छ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad