SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२७ गते
    १५७ पटक

    काठमाडौं। हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले एनआईसी एसिया बैंकसँग अन्तरबैंक कारोबार नगर्ने भएका छन् । आइतबार २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधि सहभागी भेलाले एनआइसी एसिया बैंकसँग कारोबार नगर्ने निर्णय गरेका हुन् । नेपाल बैंकर्स संघले गत शुक्रबार एनआइसी एसिया बैंकसँग अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको थियो ।

    एनआईसी एसिया बैंकले पूर्व सहमति अनुसार निक्षेपकर्तालाई साधारण बचतमा ८ र मुद्दती ११ प्रतिशतभन्दा बढी ब्याज नदिने निर्णय गरेकोमा त्यसलाई उलंघन गर्दै बढी ब्याज दिएको भन्दै अन्तर बैंक कारोबारमा रोक लगाउने निर्णय गरेको थियो । तर, बैंकर्स संघले भने बढी ब्याजको विषयलाई सिस्टेमिक रिक्ससँग जोडेर अन्तर बैंक कारोबार नगरेको बताउँदै आएको छ ।

    ऋण लगानी, ब्याज निर्धारणजस्ता विषय बैंकहरुको वैयक्तिक मामला भए पनि गम्भीर परिस्थितिमा एउटा बैंकले लिएको नीतिले समग्र प्रणालीलाई नै असर गर्ने हुँदा ब्याजदर बढाबढको प्रतिस्पर्धामा नलाग्ने बैंकरबीच सहमति भएको छ । ब्याज जति बढाए पनि संस्थागत निक्षेपकर्ताबाहेक सर्वसाधारणलाई फाइदा नहुने र निक्षेप महँगिदा ऋणको ब्याज पनि धेरै माथि पुग्ने भन्दै बैंकहरुले पुरानो सहमतिलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

    २७ वटै बैंकले एनआइसी एसिया बैंकलाई दिएको सापटी रकम पनि झिक्ने भएका छन् । बैंकर्स संघ र २७ वटा बैंकको यो निर्णयले एनआइसी बैंक सञ्चालनमा गम्भीर धक्का लाग्ने भएको छ । केही समयदेखि ब्याजदर बढाउँदै एनआइसी एसिया बैंकले धेरै विज्ञापन गर्दै आएको थियो । बैंकको गुडविल एम्बेसडरमा नायिका मनिषा कोइराला छिन् । सेतासुर्यबाट साभार

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad