SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२६ गते
    ९९ पटक

    काठमाडौं । झपाकी कुमारी सुनार (नाम परिवर्तन) को १७ बर्षको उमेरमा बिहे भयो । पारिवारीक खटपटका कारण केटाले केही समयमै छोड्यो । माइतै बसेर ११ मा पढ्दै गरेकी उनको कानुनी रुपमै सम्बन्ध विच्छद (डिभोर्स) भइसकेको छ ।

    दाङकी २० बर्षकी रवीना बस्नेत(नाम परिवर्तन)को पनि यस्तै अवस्था छ, काठमाडौंमा बीएससी अध्ययनरत उनी भन्छिन्, दुई बर्षअघि १८ बर्षमै भागेर बिहे गरियो, माइतीले नस्विकारेपछि ३ महिनौ सम्बन्ध विच्छेद गर्नुपर्यो ।

    दाचुलाकी १७ बर्षकी मिना ठगुन्ना ८ कक्षा पढ्दै गर्दा गाउँकै केटासँग प्रेममा फसिन् । कसैले नमान्दा भागेर बिहे गरेकी उनको पनि त्यही हालत भयो । बर्ष दिन नपुग्दै विदेशीएका श्रीमानले विस्तारे बेवास्ता गरे । पछि कानुनी रुपमै सम्बन्ध विच्छेद भयो ।

    काठमाडौंमा बस्दै आएका पाल्पाका सविनको पनि त्यस्तै छ गुनासो । २७ बर्षका सविनले ४ बर्षअघि नै पाल्पाकी केटीसँग बिहे गरे । बिहे दर्ता पनि भयो । तर, सम्पत्तिकै कारण उनले निहुँ खोजेर सम्बन्ध विच्छेद गरिन् ।

    यी प्रसंगहरु प्रतिनिधिमूलक हुन्, आज समाजमा यसरी नै दिनहुँ सम्बन्धविच्छेद बढ्दै गएको पाइएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ । काठमाडौं जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदको भएको अदालत स्रोत बताउँछ ।

    काठमाडौं जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपाल भन्छन्, सम्बन्ध विच्छेद सम्बन्धमा दैनिक पाँचदेखि आठवटा मुद्दा दर्ता हुने गरेका छन् । अधिकांश १९ देखि २५ बर्ष उमेर समूहका केटाकेटी सम्बन्ध विच्छेद गर्न अदालत धाउने गरेका छन् । यो क्रम बढ्दो छ ।

    सम्बन्ध विच्छेदका मुख्य ७ कारणहरुः
    -कुटपिट गर्नु

    -खान लाउन नदिनु

    -कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक असमझदारी

    -वैदेशिक रोजगार गएका श्रीमान वा श्रीमतीबीच बढ्दो अनमेल

    -महलिाहरु डिपेन्डेन्ट भिसामा उच्च शिक्षा हासिल गर्न विदेश जानु

    – सम्पत्ति प्राप्तीमा लोभ

    -बाह्य देश जानका लागि बिहेको कागजपत्र बनाएर केही समयपछि सम्बन्ध विच्छेद गर्नेहरु पनि छन् अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार विवाहलाई सामान्य सम्बन्धको रुपमा लिइँदा सँबन्ध विच्छेद बढेको हो । नयाबाटोबाट साभार

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad