SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२६ गते
    ८३ पटक

    काठमाडौं,  । क्या बात ओली ? शब्द वाणमा प्रधानमन्त्री ओली खप्पिस छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीदेखि डा.गोविन्द केसीको समेत थरिथरिका जन्म मिति भएको नागरिकता प्रकरण सडकदेखि अदालतसम्म पुगेको बेला ओलीले सांसद प्रशिक्षण कार्यक्रममा व्यंग्यवाण हाने ।

    त्यतिबेला सबै हाँसे, अहिले आएर कुरो बुझे । ओलीले भने–सडक, प्रशासन र अदालतमा त जन्म मितिबारे बहस चलेकै थियो, अब त्यो विषयले संसदमा समेत प्रवेश पायो । यो व्यंग्य महेन्द्र यादवप्रति थियो ।

    आफूभन्दा कान्छो सांसद यादवबाट शपथ खानुको पीडा ओलीले पोखेपछि यादव व्याक भएका छन् । उनको जन्ममिति पनि डा.केसी र गोपाल पराजुलीकै जस्तै रै’छ । उनको ठाउँमा जेष्ठ सांसद महन्थ ठाकुरले शपथ खुवाएपछि ह्देश त्रिपाठीले भन्दै थिए–एकतिरले दुई शिकार ! क्या बात ओली कमरेड !

    कसो काजी ?
    प्रधानमन्त्री ओली आफ्ना सांसदहरुबाटै हेरान भएर होलान् अस्ति शनिबारको प्रशिक्षण कार्यक्रममा ओलीले मुखै खोलेर सरुवा बढुवाको फाइल बोकेर नहिँड्न आफ्ना सांसदलाई निर्देशन दिन बाध्य भएका छन् । सांसदहरुको चलखेल सबैभन्दा बढी नेपाल प्रहरीमा हुने गरेको छ ।

    नेपाल प्रहरीको भावी महानिरीक्षकमा कोहीले सर्वेन्द्र खनाल, कोहीले रमेश खरेल त कोहीले पुष्कर कार्की बोक्न थालेपछि ओली हैरान भएका हुन् । त्यसैले सार्वजनिक रुपमै सांसद्लाई थर्काएपछि केही सांसद रन्थनिएका छन् । कसो किशनकाजी श्रेष्ठज्यू ?

    बोहराटारमा स्वावासी !
    घरमा आगो लगाएर खरानी घस्न तयार भएका शेरबहादुर देउवालाई कांग्रेसका सांसदहरुले संसदीय दलको नेता चुनेपछि नयाँबानेश्वरमा जुत्ता पालिस गरेर पार्टी सुदृढीकरणमा लागेका कांग्रेसका नेताहरु ट्वाँ परेका छन् ।

    कांग्रेसलाई शुद्धिकरण गर्ने अभियानमा रहेका युवा नेताहरुले देउवाको विकल्पमा प्रकाशमान सिंहलाई उम्मेदवार बनाएका थिए । तर, मिनेन्द्र रिजाल, नारायण खड्का र महामन्त्री डा.शशांक कोइरालाले नै सिंहको विपक्षमा भोट हालेपछि बोहराटारमा रुवावासी चल्न थालेको छ रे ? कसो, प्रकाशशरण महतज्यू ?

    महन्थको छटपटी !
    संघीय समाजवादी फोरमका उपेन्द्र यादव सरकारमा आउने अल्लाले राजपाका महन्थ ठाकुरलाई छटपटी भएको छ । अस्ति सरकारमा जाने विषयमा महन्थ र प्रचण्डबीच निकै लामो वार्ता भयो । प्रचण्डको कुरो सुनेर महन्थले मुन्टो हल्लाए, खबर दृष्टिको बक्रदृष्टिमा उल्लेख छ ।

    वार्तापछि महन्थले राजेन्द्र महतोलाई फोन गरेर मन्त्री बन्न तयार रहन आग्रह गरे । महतोले उफ्रदै भने–पहिला उपेन्द्रको गर्भमेन्ट मे इन्ट्री करो उसके वाद देखा जायगा भनेर ढ्याक्कै फोन राखेपछि अब यसले के उपद्रो गर्ने हो भनेर महन्थ छटपटिएका छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad