SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२५ गते
    १५५ पटक

    गुगलको नाम नसुन्ने सायदै कोही होलान् । आज इन्टरनेट भन्नु नै गुगल जस्तै भएको छ । हरेक कुराको खोजीको साधन गुगल बनेको छ । गुगल बिना इन्टरनेटको कल्पना गर्न नसकिने अवस्था आएको छ । गुगललाई मूख्यतः ‘सर्च इञ्जिन’को रूपमा मानिन्छ । तर यसको जिमेल, युट्युव लगायतका कैयौँ सुविधाहरू छन् । यी जिन्दगीको एक भाग नै बन्न पुगेका छन् । गुगलको स्थापना ४ सप्टेम्बर १९९८ मा भएको थियो । केही बर्षमै यो इन्टरनेटको पर्याय बन्न पुग्यो । तपाई प्रायजसो गुगलको प्रयोग त पक्कै गर्नुहुन्छ होला तर गुगलको बारेमा केहि यस्ता रोचक कुराहरु छन् जुन तपाईलाई अचम्म लाग्न सक्छ ।

    १. शुरूवातमा गुगलका संस्थापकलाई एचटिएमएल ( HTML (Hyper Text Markup Language – जो वेभ पेज बनाउने एवं डिजाइन गर्नको लागी काम लाग्छ) को बारेमा धेरै जानकारी थिएन । यसकारण गुगलको होमपेज धेरै सामान्य छ । धेरै समयसम्म त यसमा ‘सबमिट’ बटन पनि थिएन ।

    २ गुगल नाम स्पेलिङ गलत हुनाले रह्यो । गुगलका संस्थापक“Googol” राख्न चाहान्थे । तर स्पेलिङ गलत हुँदा “Google” हुन पुग्यो ।

    ३. प्रतिबर्ष गुगलमा २० खर्ब ९५ अर्ब १० करोड वटा कुरा सर्च गरिन्छ । अर्थात प्रतिसेकेण्ड गुगलमा ६० हजार भन्दा धेरै सर्च हुन्छन् ।

    ४. सन् २०१० पछि गुगलले साप्ताहिक औषतमा एउटा कम्पनी किनेको छ ।

    ५. जिमेलको आइडिया राजन सेठले दिएका थिए । जब उनी गुगलमा जागिरको लागि अन्तरवार्ताको लागि गएका थिए । गुगलद्धारा जीमेल सेवा शुरू गर्नुभन्दा पहिले पुर्ण रुपमा जाँच्नको लागी यसलाई दुई बर्ष आन्तरिक रुपमा प्रयोग गरिएको थियो । २००४ को अप्रिल फुलको दिनमा गुगलले जीमेल शुरु गर्यो ।

    ६. १९९८ मा पहिलो पटक गुगलले ‘डुडल’ दर्शकलाई होमपेजमा देखायो । यसमा नेवाडाको उत्सवमा भाग लिएका दर्शकको बारेमा थियो । गुगलमा डुडल बनाउनको लागि धेरै ठुलो टिम काम गर्छ । जो अहिलेसम्म एक हजारभन्दा बढी डुडल पोष्ट भइसकेको छ । डुडल एउटा बिशेष खालको लोगो हो, जो बिशेष दिनमा वा बिशेष व्यक्तिको सम्झनामा राखिन्छ ।

    ७. गुगलको कार्यालयमा २०० बाख्राहरु कार्यरत छन् । गुगल आफ्नो कार्यालयको परिसरमा भएको घाँस काट्नको लागी मेशिनको प्रयोग गर्दैन । किनकी यसबाट निस्कने धुँवा अनी आवाजको कारण कार्यालयमा काम गरिरहेका कर्मचारीहरूलाई दिक्क लाग्छ । यसकारण कार्यालय परिसरमा भएको घाँस सफाइको लागी गुगलले बाख्राहरु खटाएको छ । यसबाट घाँसको पनि सफाइ हुन्छ । अनी बाख्राको पेट पनि भरिन्छ ।

    ८. २००५ मा गुगलले एण्ड्रोइड कम्पनी खरिद गर्यो । एण्ड्रोइडको लोकप्रियताको यसअर्थबाट पुष्टि हुन्छ कि आज स्मार्टफोनले करिब ८० प्रतिशत बजार कब्जा गरेको छ । अर्थात प्रत्येक पाँचमा चार स्मार्टफोन अपरेटिङ सिस्टममा चलेका छन् । प्रत्येक दिन १५ लाखभन्दा बढी मानिस नयाँ एण्ड्रोइड डिभाइस किन्ने गर्छन् ।

    ९. गुगलमा सर्च गरिएका सर्वश्रेष्ठ परिणाम हेर्नको लागी २०० भन्दा पनि अधिक कुराहरु ख्याल गरिन्छ एवं सेकेण्डको केहि भागमा यी मापकको अनुसार सर्वश्रेष्ठ परिणाम प्रदर्शित गरिन्छ ।

    १०. इन्टरनेटमा प्रत्येक वेभसाइट यो चाहान्छ की भिजिटर धेरैभन्दा धेरै समय उसको वेबसाइटमा खर्चियोस् । किनकी शायद गुगलनै यस्तो कम्पनी हो जो आफ्नो वेबसाइटमा लाग्ने समय कम गर्न चाहान्छ । साथै कम भन्दा कम समयमा राम्रो रिजल्ट देखाउन चाहान्छ ।

    ११. गुगलको ९० प्रतिशत भन्दा अधिक कमाई विज्ञापनहरुबाट हुन्छ ।

    १२. यदि तपाई 466453.com मा जानुभयो भने तपाई गुगलको होमपेजमा पुग्नुहुन्छ । किनकी गुगलले यस डोमेनलाई किनेको छ । मोबाइलको किप्याडमा गुगल लेख्नको लागी 466453 टाइप गर्नु पर्छ । यदि तपाई गल्तिले अल्फाबेटको ठाँउमा नम्बर थिच्नुभयो भने Google लेख्नुपर्ने ठाँउमा 4666666455533 टाइप हुन्छ । यस कारण गुगलले www.466453.com खरिद गरेको हो ।

    १३. धेरै कम मानिसले यो जान्दछन् की गुगलले आफ्नो पहिलो ट्वीट कम्प्युटरको भाषामा गरेको थियो । जसमा 0 अनी 1 को प्रयोग गरिन्छ । त्यो ट्वीट थियो । “I’m 01100110 01100101 01100101 01101100 01101001 01101110 01100111 00100000 01101100 01110101 01100011 01101011 01111001 00001010.”
    अंग्रेजीमा यसको अर्थ ु‘ im feeling lucky’ हो । गुगलको सर्च बटनमा तपाईले यो शब्द लेखेको देख्नुहुन्छ ।

    १४. गुगल प्रतिदिन ५ अर्ब रुपैयाँ भन्दा बढी कमाई गर्छ । अर्थात प्रत्येक सेकेण्ड ५० हजार रुपैयाँ कमाई गर्छ ।

    १५. हरेका हप्ता २० हजार भन्दा धेरै मानिस गुगलमा जागीरको लागी आवेदन दिन्छन् ।

    १६. २००६ मा गुगलले अनलाइन भिडियो सेयरिङ साइट युट्युब खरिद गर्यो । युट्युबमा हर मिनेटको हिसाबले ६० घण्टासम्म भिडियो अपलोड गरिन्छ । गुगलको भिडियो सेवा युट्युबमा प्रतिमहिना कुल ६ अर्ब घण्टाको भिडियो हेरिन्छ ।

    १७. गुगलले आफ्नो स्ट्रीट भ्यु म्यापको लागी ८० लाख ४६ हजार किलोमिटर सडकको बराबर फोटोग्राफ लिएको छ ।

    १८. गुगलको सर्च इन्जिन १०० मिलियन गीगाबाइटको छ । त्यति डाटा आफ्नो साथमा सेभ गर्नको लागी एक टेराबाइटको एक ड्राइवको जरुरी छ ।

    १९. एण्ड्रोइड अपरेटिङ सिस्टम मार्केटमा सबैभन्दा बढी प्रयोग गरिने मोबाइल डिभाइस बनेको छ । जानकारी होस्, गुगलको एण्ड्रोइड अपरेटिङ सिस्टमलाई ABCD अल्फाबेटाको हिसाबले नाम दिइएको छ, न्युज सेवाबाट साभार

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad