SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२५ गते
    १५७ पटक

    नयाँदिल्ली । भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् । मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान् र देवर पक्राउ परेका छन् । दुई वर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको शल्यक्रिया भएको थियो ।

    शल्यक्रियाका क्रममा पति र देवरले चिकित्सकको मिलेमतोमा मिर्गौला झिकेर बेचेका थिए । केही साताअघि उनको स्वास्थ्यबारे गरिएका दुई परीक्षणमा एउटा मिर्गौला झिकेको खुलासा भएको हो ।

    दाइजो नपाएको झोकमा उनले पत्नीको मिर्गौला चोरेको पीडित रीता सरकारले बताएकी छन् । भारतमा विवाहमा दाइजोस्वरूप रकम दिने कुप्रथाको सन् १९९६ देखि कानुनी रूपमा अन्त्य भए पनि व्यवहारमा अझै देखिन्छ ।

    दाइजोको विषयलाई लिएर श्रीमानले वर्षौंदेखि आफूमाथि दुर्व्यवहार गरेको रीताले बताएकी छन् । ‘एपेन्डिक्सको शल्यक्रिया गर्न भनेर मेरा श्रीमान्ले कोलकाताको एक निजी नर्सिङ होममा लगेर मिर्गौला झिके’, उनको भनाइ उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ ।

    शल्यक्रियाबारे कसैलाई पनि नभन्न रितालाई पतिले चेतावनी दिएका थिए । केही महिनापछि उनी बिरामी परेपछि उनको परिवारका सदस्यहरूले अस्पताल लगेका थिए । परीक्षणका क्रममा उनको मिर्गौला हराएको खुलासा भयो ।

    उनले पुनः अर्को परीक्षण गरिन् तर मिर्गौला निकालिएको पुष्टि भयो । ‘मेरा पतिले मिर्गौला निकालेर मलाई शल्यक्रियाबारे गुपचुप राखेका रहेछन्,’ उनले भनिन्, ‘भनेजतिको दाइजो मेरा बाबुआमाले दिन नसकेपछि उसले मिर्गौला बेचेर पैसा उठायो ।’ महिलाको मिर्गौला चोरीमा एउटा तस्कर समूह नै संलग्न भएको प्रहरी निरीक्षक उदयशंकर घोषले बताए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad