SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२४ गते
    २६० पटक

    पर्वत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ब्यापारीहरुको नेतृत्वमा बनेको सयुक्त प्यानल बिभाजन भएको छ । बिगतमा पर्वत उद्योग बाणीज्य संघको चुनावमा सुयुक्त प्यानलबाट चुनाव लडी बिजय भएका ब्यापारीहरु यसपाली बिभाजन भई चुनावी प्रतिश्पर्दामा देखिएका छन् । निरन्तरका वार्ता तथा छलफलहरुबाट कुनै निकाश ननिस्केपछि संघका नेताहरु एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका हुन । आज कुश्मा बजार आसपासमा बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले चुनावी प्रचार गरेका छन् भने द्धितिय उपाभ्यक्ष केदारनाथ शर्माले वारी बेनी मिलनचोक क्षेत्रमा प्रचार गरेका छन् ।

    बिगतमा निर्वाचनका बरिष्ठ उपाध्यक्ष भएका माओवादी केन्द्रका गोपी अधिकारीले यसपाली बिनासर्त अध्यक्ष पाउनुपर्ने भएपनि एमाले निकटका ब्यापारीहरुले आफुहरुको संख्या धेरै भएको भन्दै अध्यक्ष छोड्न तयार नभए पछि यस्तो अबस्था आएको बताइएको छ । माओबादी केन्द्र निकटका ब्यापारी संगठन पर्वत का अध्यक्ष गणेश लामिछाने भने बिगतमा हरीओम शर्मा लामिछानेलाई निर्बाचन जिताउनको लागि सहमती गर्दा अर्को कार्यकालमा गोपी अधिकारीलाई अध्यक्ष मान्ने भद्र सहमती भएको भएता पनि एमाले निकटका सिमित केहि ब्यापारीहरुले उक्त कुरा नमानेपछि आफुहरु मैदान आएको बताए ।

    सुचना केन्द्र डटकमले आगामी कार्यकालको अध्यक्षका लागि मैदानमा रहेका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीलाई चुनावमा होमिनु भएछ किन ? भन्ने प्रश्नमा अधिकारीले भने आफुले ब्यापारीहरु भित्रको इमान्दारीता, ब्यावसायीकताको लागि निरन्तर काम गरेको र बिगतमा पनि टिमलाई जिताउनपर्छ भनेर लागेको कुरालाई आम ब्यापारीहरुले सम्झीराखेको भन्दै यसपाली अध्यक्षमा उमेद्बारी दिने बताए ।

    अधिकारीले बिगतको सहमतीमा उद्योग बाणीज्य संघ पर्वतका अध्यक्ष हरीओम शर्मा लामिछाने इमान्दार नभएको भन्दै आक्रोष समेत पोखे । उनले भने यदि हिजो भद्र सहमती नभएको भए मलाई किन बरिष्ठ उपाध्यक्ष बनाएर पोल्डुलम बनाएको, हिजो सहमती गर्दा आखाँ चिम्लने र अहिले अर्को मानिसलाई अध्यक्षमा बोकेर हिड्न कसरी मिल्छ भन्दै प्रश्न गरे ।

    यस्तै अर्का अध्यक्षका प्रत्यासी पर्वत उद्योग बाणीज्य संघका द्धितिय उपाध्यक्ष केदारनाथ शर्मा आज वारी बेनी तिर चुनाव प्रचारमा गएका छन् तर शर्माले सुचनाकेन्द्र डटकमसँग आफु चुनाव प्रचारमा नगएको बताएका छन् । उनले भने चुनाव बैशाख ३ गते आउँदैछ हाम्रा मतदाताहरु ठाउाँउँमा छरिएर रहेको अबस्थामा हुनुहुन्छ त्यस्तै बारीबेनी उद्योग बाणीज्य संघको टिम नै गएको बताए । बामगठबन्धन त फुटाउनु भएछ नि भन्ने प्रश्नमा शर्माले अहिले नै यस्तो भन्ने अबस्था नआएको बताए । हामी छलफलमा नै छौं केहि निर्णय भएको छैन अहिले नै टिम बिभाजन भयो नभनौं उनले भने ।

    यता उद्योग बाणीज्य संघ पर्वतका अध्यक्ष हरीओम शर्मा लामिछानेले भने सबै मिल्नुको बिकल्प नै नभएको बताएका छन् । आफु संस्थाको अध्यक्ष भएको नाताले कसैलाई काखा र पाखा नगरेको बताउँदै मिलेर काम गर्नुमा नै सबैकोभलाई हुने बताए । उनी भन्छन् हामी सहमतीको प्रयासमा नै छौं गोपी जि वा केदार जो अध्यक्ष भएपनि आफुलाई केहि नहुने समेत बताए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad