SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२४ गते
    १०६ पटक

    काठमाडौं – हामीले शुरु गरेको जागरण अभियान दुई दिनमै समाप्त हुने अभियान होइन। यो कांग्रेस र सिंगो नेपाली राजनीतिलाई शुद्धिकरण गर्ने अभियान हो।सिंगो राजनीतिलाई शुद्धिकरण गर्ने भनेपछि आफ्नो पार्टी नेपाली कांग्रेस पहिले शुद्धिकरण हुनुपर्छ।पार्टी शुद्धिकरणको अभियान दुई दिनमै सकिने कुरा होइन यसले लामो समय लिन्छ। नेपाली कांग्रेसका नेता धनराज गुरुङले खरो प्रश्नमा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।

    राजनीतिमा जितले मात्र कद बढाइदैन,कहिलेकाहि राजनीतिमा त्यागले पनि कद बढ्छ। २०४६ को जनआन्दोलनपछि राजा विरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा उनले कृष्णप्रसाद भट्टराइलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर भट्टराई प्रधानमन्त्री भट्टराई बनेका थिए।त्यतिबेला गणेशमानले प्रधानमन्त्री जस्तो पद स्वीकार नगरेर राजनीतिक कद बढाएको गुरुङले स्मरण गरे।त्यस्तै देउवाले आफै सभापति भएको बखतमा पार्टीको हार हुँदा समेत नैतिकताको जिम्मेवारी नलिएको र संसदीय दलको नेतामा अरु कसैलाई छोडिदिएको भए देउवाको पनि राजनीतिक उचाई बढ्ने गुरुङको भनाई छ।

    कुराले मात्र होइन,व्यवहारले पनि परिवर्तन खोज्नुपर्छ। वस्तुपरक ढंगले पनि खोजौ,तपाईं संसदीय दलको नेताको लागी तयार हुनुहोस् मैले गगन थापालाई भने,तर उहाँले आँट गर्नसक्नु भएन। गगनले किन आँट गर्नसक्नु भएन मलाई थाहाँ छैन। गुरुङले अगाडी भने- हामीले अभियान पनि चलाउने र खुट्टा अगाडी बढाउन आँट नगर्ने हुँदैन।

    देउवालाई दाई-दाई भनेर समानुपातिकमा परेका सांसदले संसदीय दलको चुनावमा देउवालाई भोट दिएर गुन तिरेको गुरुङको भनाई छ। आइजिपी प्रकरणमा सिलवाललाई अन्याय नै भएको बताउँदै,सांसद नवराज सिलवालले शेरवहादुर देउवा अधिनायकवादी देख्नु ठिक भएको गुरुङले बताए।

    सरकारलाई हनिमुन पिरियड मनाउन दिन्नँ भन्ने देउवाको अभिव्यक्ति मुसाले हात्ती माथि चढेर हात्तीलाई बसाल्छु भनेर सपना देखे जस्तै भएको गुरुङको भनाई छ। हेर्नुहोस् गुरुङसँगको कुराकानी

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad