SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२४ गते
    १४२ पटक

    सुन्दर कुमार थकाली,मुस्ताङ ।। ५ वर्षअघि बिदेश जाने योजना बुनेर राजधानीका म्यानपावर धाएका हिमालपारी मुस्ताङ, टुकुचेका स्थानीय युवा राजन शेर्पाले यतिखेर गाउँघरमै बसेर मनग्ये आम्दानी गर्न थालेका छन् ।  २०६९ सालमा टुकुचे गाउँकै थापाखोला उत्तरतर्फको सेवी किनारामा अवस्थित करिव १५ रोपनी जग्गा लिजमा लिएर हिमालयन शेर्पा स्याउ नर्सरी उद्योग संञ्चालन गर्दे आएका शेर्पाले बिभिन्न जातका स्याँउ बिरुवा उत्पादन तथा बिक्री गरेर बार्षिक ७ देखि १० लाख सम्म मुनाफा कमाउने गरेको बताए ।

    जिल्लामा भित्रिएको हिमाली उपआयोजनाको आर्थिक अनुदान ७ लाख तथा व्यक्तिगत पुजि २ लाख जोडेर करिव ९ लाख लागतमा हिमाली शेर्पा नर्सरी उद्योग स्थापना गरेका उनले वर्षेनी १३ हजार देखि १८ हजार सम्म स्याउका बिरुवा बिक्री गर्ने गरेको बताए ।‘मेहनत र साधना गरे बिदेश भौतारिन पर्देन ,गाउँमै बसेर आम्दानी लिन सकिन्छ’उनले भने‘बिदेशीन लागेका बेला हिमाली उपआयोजनाले काम गर्ने बाटो देखाईदियो ,जसले गर्दा कृषि उद्यमीको रुपमा आफु स्थापित भएको छु ।’उनले गाउँका युवाशक्तीलाई बिदेश पलायनबाट रोक्न गाउघरमै प्रसस्त संम्भावना भएकाले तिनको उपयोग गर्न आग्रह गरे ।

    जिल्लाकै एकमात्र निजी श्रोतमा संञ्चालित शेर्पा स्याँउ बिरुवा नर्सरी उद्योगमा ४ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।यस्तै शितोषण मार्फा बागवानी केन्द्रले पनि वर्षेनी स्याँउका बिरुवा उत्पादन तथा बिक्री बितरण गर्दे आईरहेको छ ।केन्द्रले वर्षेनी ३५ देखि ४० हजार स्याँउका बिरुवा उत्पादन गर्ने गरेको छ ।जिल्लालाई चाहिने पर्याप्त स्याँउ बिरुवा उत्पादन गर्ने भएपनि केन्द्रले स्याँउ खेति गर्दे आएका अन्य जिल्लामा पनि निर्यात गर्ने गरेकाले जिल्लामा माग अनुसारको स्याँउ बिरुवा अपुग भएको हो ।मुस्ताङको तल्लोक्षेत्र देखि उपल्लो मुस्ताङका किसान समेत बिरुवा खरिदका शेर्पा नर्सरीमा धाउने गरेको शेर्पाले बताए ।

    ‘पछिल्लो समय स्याँउ खेतितर्फ आर्कषर्ण बढेकाले बिरुवाको माग बढ्दै गएको छ’उनले भने‘उत्पादित नर्सरीका बिरुवा डोल्पा,रामेछाप र सोलुखुम्बु पुग्ने गरेको छ ।’उनले २ वर्ष हुर्किएका प्रति बिरुवा २ सय र ३ वर्ष हुर्काईएका बिरुवाको ३ सय रुपैयाको दरले बिक्री गर्ने गरेको जानकारी दिए ।

    स्याउँ उत्पादन जिल्लाको रुपमा परिचित हिमालपारी मुस्ताङमा पछिल्लो समय स्याउँखेति तर्फ कृषकको आर्कषण बढ्दै गएको छ ।जसका कारण उत्पादित बिरुवाको बजारिकरण शहज भएको शेर्पाको भनाई छ ।उनले बिरुवा उत्पादन तथा उद्योग व्यवस्थापनमा आम्दानीको ५० प्रतिशत खर्च हुने र बाकी ५० प्रतिशत बचत हुने बताए ।उनका अनुसार स्याँउ बिरुवामा लाग्ने बिभिन्न प्रकोप नियन्त्रणका औषधि तथा आवश्यक औजार खरिद उद्योगलेनै जुटाउनु परेको दुखेसो व्यक्त गरे ।

    वर्षेनी पुस महिनाको पहिलो साता देखि चैत्र महिनाको पहिलो साता सम्म स्याँउ बगैचामा नयाँ स्याँउका बिरुवा लगाईने र अन्य समयमा बिरुवा उत्पादनतर्फ कार्य गर्दे आएको उनले जानकारी दिए ।स्याँउ बिरुवा उत्पादन गर्न २ देखि ३ वर्षको समय लाग्ने शेर्पाको भनाई छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad