SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२४ गते
    १३२ पटक

    २१औं शताब्दीमा फेसबुक आम मान्छेका लागि अभिन्न अंगजस्तै बनेको छ । कयौँ मानिसले फेसबुकमै पुरै दिन कटाएका पनि होलान् । संसारका कोही मान्छे यस्ता पनि छन्, जो फेसबुकबिना पागलझैँ हुन्छन्, छटपटीले पोल्छ । ४ फेब्रुअरी २००४ मा सुरु भएको फेसबुकबारे २३ रोचक तथ्य यस्ता छन् :

    १. फेसबुकका सिइओ मार्क जुकरबर्गलाई तलबको रुपमा प्रत्येक बर्ष एक डलर मात्र प्राप्त हुन्छ ।

    २. फेसबुक वेबसाइट केवल हिन्दी नेपाली, अंग्रेजी वा अन्य केहि बिशेष भाषामा मात्रै प्रयोग गर्न सकिँदैन । आफ्नो सुविधा अनुसार प्रयोगकर्ताले ७० अलग–अलग भाषाहरुमा ट्रान्सलेट गर्न सक्छन् ।

    ३. फेसबुकको प्राइभेसी सेटिङका कारण सबै प्रयोगकर्तालाई ब्लक गर्ने सुविधा दिएको छ । तर, फेसबुकबाट मार्क जुकरबर्गलाई भने ब्लग गर्न सकिँदैन । यदि तपाईं यस्तो गर्ने प्रयास गर्नुभयो भने फेसबुकबाट इरर म्यासेज आउँछ ।

    ४. फेसबुकमा ८३ प्रतिशत यौनकर्मीका फ्यानपेजहरु बनेका छन् ।

    ५. तपाई फेसबुक अकाउण्ट लग इन गरेर इन्टरनेटमा अन्य केही काम गर्दै हुनुहुन्छ भने फेसबुकले तपाईको सबै गतिबिधि रेकर्ड गरिरहेको हुन्छ ।

    ६. मार्कले फेसबुकको लाइक बटनको नाम पहिले ‘अवेसम’ राख्ने बिचार गरेका थिए, पछि यसलाई लाइक राखिएको हो ।

    ७. फेसबुकमा कैयौँ रिसर्चजस्तै ‘पोक’ पनि एक हो । तर, कसैसँग यसको कुनै काम छैन । यो केवल रमाइलोका लागि मात्रै हो ।

    ८. संसारभर इन्टरनेटमा जोडिएका कूल मानिसको ५० प्रतिशत मानिस फेसबुकमा जोडिएकै छन् ।

    ९. यदि फेसबुकको ‘सर्भर डाउन’ भयो भने प्रत्येक मिनेट २५ हजार डलर नोक्सान हुन्छ ।

    १०. तपाईंलाई यो जानकारीले अचम्म लाग्ला कि फेसबुकको ‘एडिक्सन’लाई एउटा बिमारिको रुपमा लिइन्छ । संसारभरसबै उमेरका मानिसहरु फेसबुक ‘डिसअर्डर’ अर्थात फेसबुकको लतको शिकार छन् । यस बिमारीको संक्षिप्त नाम AFD हो । यस समय संसारमा लगभग ३५ करोड मानिस AFD ग्रस्त छन् ।

    ११. फेसबुक एउटा देश हुन्थ्यो भने संसारमा यो पाँचौ ठूलो देश बन्थ्यो । फेसबुक प्रयोगकर्ताको संख्या चीन, भारत, अमेरिका र इन्डोनेशियाको जनसंख्यापछि पाँचौं नम्बरमा पर्छ ।

    १२. फेसबुकमा प्रत्येक दिन करिब ६ लाख ह्याकर्स अट्याक हुन्छ ।

    १३. २००९ डिसेम्बरमा फेसबुकमा प्राइभेसी सेटिङमा केही परिवर्तन गरिएको थियो । त्यसपछि जुकरबर्गको एक तस्बिर (जसमा टेडी बिअर समातिएको छ) सार्वजनिक भएको थियो ।

    १४. फेसबुकले प्रत्येक महिना ३ करोड डलर केवल ‘होस्टिङ’मै खर्च गर्छ ।

    १५. २००९ मा whatsapp का को–फाउन्डर ब्रायन एक्टनलाई फेसबुकमा जागिर दिनबाट बन्चित गरिएको थियो ।

    १६. २०११ मा अमेरिकामा सम्बन्ध बिच्छेदको प्रमुख कारण फेसबुक बनेको थियो । अमेरिकामा ५ मध्ये एक विवाह टुट्ने कारण फेसबुसँग जोडिएको थियो ।

    १७. सायद तपाईलाई थाहा नहोला, फेसबुक ग्लोब प्रयोगकर्ताको स्थानको हिसाबले परिवर्तन हुन्छ ।

    १८. फेसबुक प्रोफाइलमा मार्क जुकरबर्गको पेजसम्म पुग्न एक छोटो तरिका छ । फेसबुकको URL को अगाडि ४ लेख्नुभयो भने तपाईको ब्राउजर सिधै जुकरबर्गको पेजसम्म जान्छ ।

    १९. २०११ म फेसबुकको सहयोगबाट आइसल्याण्डको संविधान लेखिएको थियो ।

    २०. तपाईले फेसबुकमा केही लेख्नुभयो, तर त्यसलाई पोष्ट गर्नुभएन त्यो कुरालाई कसैले पढ्न सक्छ । फेसबुकले एक स्पेशल टिम बनाएको छ । यसले यस्ता कुराहरुलाई एनालग गर्छ, जुन तपाईंले टाइप गर्नुभयो तर पोष्ट गर्नुभएन ।

    २१. तपाई घरमै बसेर पैसा कमाउन चाहानुहुन्छ भने फेसबुकलाई ह्याक गर्नुहोस् । ५ सय डलरको राशी त्यो व्यक्तिलाई दिइन्छ, जसले फेसबुकलाई ह्याक गर्न सक्छ । यदि तपाईले फेसबुकको कुनै गलत कुरालाई समाउनुभयो भने तपाईले इनाम पाउनुहुन्छ ।

    २२. ५ प्रतिशत बेलायती सेक्स गर्ने समयमा फेसबुक प्रयोग गर्छन् ।

    २३. अहिले फेसबुकमा ३० मिलियन मरेका मानिस छन् । यदि कुनै प्रयोगकर्ताको मृत्यु भयो भने के उसको प्रोफाइल यत्तिकै चल्छ ? चल्दैन, यदि हाम्रो नजिकको मानिसको मृत्यु भयो भने हामी फेसबुकमा रिपोर्ट गरेर त्यस प्रोफाइललाई फेसबुकमा एक स्मारकको रुपमा दिन सक्छौँ । न्युजसेबाबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad