SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२४ गते
    १२६ पटक

    उत्तर कोरियाका नेता किम जोन उनका सौतेनी भाई किम जोम नामको ‘भिएक्स नर्भस’ नामको रसायन प्रयोग गरी एजेन्ट लगाएर उत्तर कोरियाले हत्या गरेको अमेरिकाले दाबी गरेको छ । सन् २०१७ फेब्रुअरीमा मलेसियाको क्वालालम्पुर विमानस्थलमा नामको हत्या भएको थियो । अमेरिकाले नेमको हत्या उत्तर कोरियाले नै गरेको आरोप लगाउँदै आएको छ भने दक्षिण कोरियाले भने उत्तर कोरियाको संम्लग्नता नभएको बताउँदै आएको छ ।

    अमेरिकाले उक्त हत्यामा विश्वमा नै प्रयोग निषेध गरिएको रसायनको प्रयोग गरेर उत्तर कोरियाले नामको हत्या गरेको दाबी गरेको बीबीसीले जनाएको छ । दक्षिण कोरियाको टोली उत्तर कोरियाको उच्चस्तरिय भ्रमणमा गरेर प्योङच्याङ आएपछि अमेरिकाको पछिल्लो अभिव्यक्ति आएको हो ।

    दक्षिण कोरियामा भएको ओलम्पिक खेलबाट दुई कोरियाको सम्बन्धमा भएको सुधारले पछिल्लो समय निकै तिब्रता दिए पनि अमेरिकाले भने उत्तर कोरियाको आणविक कार्य प्रति तिव्र असन्तुष्टि व्यक्त गर्दै आएको छ । अमेरिकाले उक्त तथ्यबाट पनि उत्तर कोरियामा नयाँ नाकाबन्दी लगाउने चेतावनी दिएको छ । अमेरिकाले उक्त खुलासाले नियम विपरित उत्तर कोरियाले निरन्तर रसायनिक हतियार प्रयोग गर्दै आएको दाबी गरेको छ ।

    गएको एक वर्ष अघि ‘बुलेटप्रुफ भेस्ट’ लगाएर दुईजना महिलाले नेमको हत्या गरेका थिए । किम जोन नेममो हत्याको आरोपमा इन्डोनेसियाकी २५ वर्षीय सिती एईस्याह र भियतनामकी २८ वर्षीया दोअन थी हौङलाई सन् २०१७ फेबु्रअरी १३ का दिन मलेसियाको क्वालालामपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

    उनीहरूले मकाउतर्फ उडानका लागि तयारी गरिरहेका बेला नामलाई बेहोस पार्ने कडा खालको रासायनिक पदार्थको प्रयोग गरी विमानस्थलमै हत्या गरेको बीबीसीले उल्लेख गरेको छ । रासायनिक पदार्थ उनीहरूले नामको अनुहारमा प्रहार गरेको सिसिटिभीका दृश्यमा देखिएको जनाइएको थियो । उनीहरूले आक्रमण गरेको २० मिनेटमै किमको मृत्यु भएको थियो । साझापेजबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad