SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२३ गते
    १२७ पटक

    नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्तिमा २० अर्बले वृद्धि भएको छ । विश्वभरीका खर्बपतिको सुची सार्वजनिक गर्दै आएको फोब्र्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गर्दै चौधरीको सम्पत्ति बढेको जनाएको हो ।

    फोब्र्सका अनुसार एक वर्षको अवधिमा चौधरीले करिब २० अर्ब रुपैयाँ आम्दानी गरेका छन् । अघिल्लो वर्ष १ दशमलब ५ बिलियन डलर अर्थात १ खर्ब ५० अर्ब सम्पत्ती रहेकोमा यस वर्षको मार्च ६ सम्मको अवधिमा सो बढेर १ दशमलब ५२ बिलियन डलर अर्थात १ खर्ब ५३ अर्ब रुपैंयाँ पुगेको हो ।

    चौधरी सम्पत्तिसँगै डलर अर्बपतिको सुचीमा दुई स्थान माथि उक्लेका छन् । फोब्र्सले विश्वभरीका २ हजार २०८ जना डलर अर्बपतीको सुचीमा चौधरी १५६१औँ स्थानमा छन् । अघिल्लो वर्ष उनी १५६३औँ स्थानमा सुचीकृत थिए । फोब्र्सले चौधरीको आम्दानीको प्रमूख स्रोतमा नविल बैंक, चौधरी ग्रुप कर्प अन्र्तगतका विभिन्न उद्योग तथा होटल भएको बताएको छ ।

    त्यस्तै ६ वर्षको अवधिमा चौधरीले आफ्नो सम्पत्ती करिब ५० अर्बले बढाएका छन् । सन् २०१३ को मार्च महिनामा चौधरीको कुल सम्पत्ती एक खर्ब थियो भने २०१४ मा १ खर्ब १० अर्ब, २०१५ मा १ खर्ब ३० अर्ब, २०१६ मा १ खर्ब १० अर्ब र २०१७ मा १ खर्ब ३० अर्ब पुगेको छ । चौधरीको सन् २०१५ को मार्चमा १ खर्ब ३० अर्ब रहेकोमा २०१६ मा भने २० अर्बको गिरावट आउँदै १ खर्ब १० अर्बमा सिमित भएको थियो । त्यसपछि भने उनको सम्पत्ती बढ्दै गएको छ ।

    विश्वका धनाढ्यमा को ?

    फोर्ब्स पत्रिकाले वार्षिक रुपमा सार्वजनिक गर्ने संसारका धानीहरुको सूचीको शीर्ष स्थानमा अनलाइन कम्पनी एमाजोनका संस्थापक जेफ बेजोस रहेका छन् । गत वर्ष ३९.२ अर्ब डलर रहेको सम्पत्ति ११२ अर्ब डलर पुर्याउँदै उनले शीर्ष स्थानमा कब्जा जमाउन सफल भएका हुन् ।

    उनको उदयसँगै यसअघि शीर्ष स्थानमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्स ९० अर्ब डलर सम्पत्तिका साथ दोस्रो स्थानमा झरेका छन् । अघिल्लो वर्ष उनको सम्पत्ति ८६ अर्ब डलर रहेको थियो । पछिल्ला २४ मध्ये १८ वर्ष शीर्ष गेट्सले फोर्ब्स सूचीको शीर्ष स्थानमा कब्जा जमाउँदै आएका थिए ।

    शीर्ष १० मा कोही पनि महिला पर्न सकेनन् । अमेरिकी रिटेल चेन कम्पनी वालमार्टकी एलिसा वाल्टन १६ औँ स्थानमा रहेकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २२२ स्थान तल खस्किएका छन् । उनको कूल सम्पत्ति ३.५ अर्ब डलरबाट ३.१ अर्ब डलरमा झरेपछि उनी धनीहरुको सूचीमा पछि परेका हुन् । फोर्ब्सका अनुसार न्युयोर्कमा रहेको उनको सम्पत्तिको मूल्यमा आएको कमी र गल्फ कोर्सको आम्दानीमा आएको कमीका कारण उनको स्थान खस्किएको हो ।

    यस्ता छन् शीर्ष १० धनीहरुः

    १. जेफ बेजोस, एमाजोन – ११२ अर्ब डलर

    २. बिल गेट्स, माइक्रोसफ्ट – ९० अर्ब डलर

    ३. वारेन बफेट, बर्कसायर हाथावे – ८४ अर्ब डलर

    ४. बर्नार्ड आर्नल्ट एण्ड फ्यामिली, एलएमभीएच – ७२ अर्ब डलर

    ५. मार्क जुकरबर्ग, फेसबुक – ७१ अर्ब डलर

    ६.अर्मान्सियो ओर्टेगा, जारा – ७० अर्ब डलर

    ७. कार्लोस सिल्म हेलु एण्ड फ्यामिली – ६७।१ अर्ब डलर

    ८. चाल्र्स कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर

    ९. डेभिड कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर

    १०. ल्यारी एलिसन, ओराकल – ५८.५ अर्ब डलर काठमाण्डौं टुडेबाट साभार

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad