SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२२ गते
    १९८ पटक

    प्रदेश ५ मन्त्रिपरिषद् बैठक

    वडाध्यक्षको २० हजार, नगरपालिका प्रमुखको ३५ हजार, उपमहानगरपालिका प्रमुखको ४० हजार र समन्वय समिति प्रमुखको ४१ हजार बुटवल,फागुन २२ : सोमबार बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन स्वीकृत गरेको छ । ती ऐन छलफलका लागि आगामी संसद् बैठकमा लैजाने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसार मुख्य न्यायाधिवक्ताको शपथ ढाँचा तयार गर्ने र प्रदेशका सबै प्रवेशद्वारमा प्रदेशको पहिचान झल्किने गरी स्थानीय सरकारको समन्वयमा होर्डिङ बोर्ड राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको फागुन १० को बैठकले दाङका वरिष्ठ अधिवक्ता ठाकुर डीसीलाई मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेको थियो ।

    स्रोतका अनुसार सोमबारको बैठकमा स्वीकृत गरिएको स्थानीय तहका पदाधिकारीको सुविधामा जिसस प्रमुखका लागि मासिक ४१ हजार, उपप्रमुखका लागि ४० हजार, उपमहानगरपालिका प्रमुखका लागि ४० हजार, उपप्रमुखका लागि ३५ हजार, नगरपालिका प्रमुखका लागि ३५ हजार र उपप्रमुखका लागि ३० हजार, उपमहानगरपालिका र नगरपालिका वडाध्यक्षका लागि २५ हजार, गाउँपालिका अध्यक्षको ३० हजार र उपाध्यक्षका लागि २५ हजार तथा वडाध्यक्षका लागि २० हजार रुपैयाँ सुविधा तोकिएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad