SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२१ गते
    १५१ पटक

    माओकालिन चीनको झल्को आउने गरी चिनियाँ प्रहरीले चर्चलाई भत्काउन सुरु गरेको छ । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

    सी जिनपिङ राष्ट्रपति भएपछि अवैध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने वा बन्द गराउने नीति लिएका थिए । उनले पश्चिम देशहरुले चर्चमार्फत चिनियाँ सांस्कृतिमाथि नै हमला गर्न लागेको भन्दै चर्च बन्द गर्ने नीति लिएको बताइएको छ ।

    चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको छ । द न्युयोर्क टाइम्सको अनलाइन संस्करणअनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरेर चर्च भत्काइदिएको समाचार दिएको छ । समाचारअनुसार साङ्सीमा आधा दर्जन चर्च भत्काइसकिएको छ ।

    तत्कालिन पार्टी अध्यक्ष माओले पनि जनवादी सत्ताविरुद्ध सांस्कृतिक हमला भएको बताउँदै धार्मिक अखडाहरु भत्काउन आदेश दिएका थिए । अहिले पार्टी प्रमुख तथा राष्ट्रपति सी जिन पिङले पनि माओले जस्तै कदम उठाएको विश्लेषण गर्न थालिएको छ ।

    कम्युनिस्ट देश भएका कारण धार्मिक स्वतन्त्रता भएपनि चर्चमार्फत पश्चिमा देशहरुले चिनियाँ संस्कृतिमाथि हस्तक्षेप बढाएको भन्दै डोजर र बम विस्फोट गराएर चिनियाँ सरकारले चर्चहरु भत्काउन सुरु गरेको हो । साभार kathmandudaily.com बाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad