SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१९ गते
    १३० पटक

    युएई । दुई वटी श्रीमति विवाह गर्नु अधिकांश मुलुकमा भलै सही मानिँदैन । अधिकांश मुलुकमा दोस्रो विवाहलाई कानुनी रुपमा बन्देजसमेत लगाइएको छ। तर कयौ देश यस्ता पनि छन् जहाँ यस्ता विवाहलाई प्रोत्साहित गरिन्छ । संयुक्त अरब इमिरेट्स (यूएई) पनि यस्तै मध्येको एउटा देश हो । यूएई सरकारले दुई श्रीमती राख्नेहरुलाई अतिरिक्त घर भत्ताका रुपमा दिने घोषणा गरेको छ।

    खलीज टाइम्सका अनुसार देशमा अधिवाहित युवतीहरुको बढ्दो संख्यालाई ध्यानमा राखेर सरकारले पुरुषहरुलाई दोस्रो विवाह गर्न प्रोत्साहित गर्न यो योजना अघि सारेको हो । युएईका परम्परागत ढाँचा विकासमन्त्री डाक्टर अब्दुल्लाह बेलहैफ अल नुईमीले बुधबार फेडरल नेशनल काउन्सिल (एफएनसी)को सत्रका क्रममा यस्तो घोषण गरेका हुन् ।

    उनले भने–मन्त्रालयले निर्णय गरेको छ कि दुई श्रीमती राख्ने सबैलाई शेख जायद हाउजिङ कार्यक्रमअन्तर्गत भत्ताका रुपमा घर दिइनेछ ।वास्तवमा यो दोस्रो श्रीमती राख्नका लागि घर भत्ता हुनेछ । अर्थात यो एक पत्नीवाला परिवारलाई पहिला प्राप्त भइरहेको घर भत्ताको अतिरिक्त हुनेछ । मन्त्रीले भने–दोस्रो विवाहका लागि पनि त्यसरी नै रहनसहनको व्यवस्था हुनुपर्नेछ । जस्तो कि पहिलो श्रीमतीका लागि हुन्छ ।

    उनले भने–घर भत्ता दिँदा मानिसहरु दोस्रो विवाह गर्न प्रोत्साहित हुनेछन् र युएईमा अविवाहित महिलाहरुको संख्या घट्नेछ । मन्त्रालय चाहन्छ कि दोस्रो श्रीमतीलाई पनि पहिलो श्रीमतीलाई जस्तै घर प्राप्त होस् । यूएईमा अविवाहित युवतीहरुको बढ्दो संख्याप्रति एफएनसीका सदस्यहरुले चिन्ता व्यक्त गरेका थिए । केही सदस्यहरुले त यहाँसम्म भनेका थिए कि पुरुषहरुले दोस्रो विवाह नगरेका कारण देशको आर्थिक बोध बढिरहेको छ । यसका साथै यसको सामाजिक प्रभावका बारेमा पनि चर्चा भइरहेको छ। एजेन्सी

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad