SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१८ गते
    २२३ पटक

    काठमाडौं । संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको हो ।

    ‘उहाँहरू दुईबुँदे सहमतिमार्फत सरकारमा सामेल हुन तयार हुनुभएको छ, सहमतिका लागि अन्तिम मस्यौदा पनि बनिसकेको छ,’ फोरमसँगको छलफलका लागि गठित कार्यदलमा एमालेतर्फका एक सदस्यले भने, ‘तर, शीर्ष तहमा मन्त्रालय बाँडफाँडसहित प्याकेजमा कुरा मिल्न बाँकी नै रहेकाले छलफल लम्बिँदै गएको हो ।’

    दुईतिहाइ मत पुर्‍याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फोरम छलफल लम्बिँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले फोरमसँगको वार्ता नटुंगिएकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन कम्तीमा आइतबारसम्म कुर्नुपर्ने बताए ।

    मन्त्रालयबारे फोरमले आन्तरिक छलफल गर्ने
    सरकारमा सहभागिताबारे करिब–करिब राजनीतिक सहमति भइसके पनि मन्त्रालय बाँडफाँडसहित प्याकेज सहमति हुन नसकेपछि फोरमले आन्तरिक छलफल गर्ने भएको छ । ‘समाजवादसम्म पुग्ने र समाजवादको मौलिक मोडल अपनाउने विषयमा आधारभूत रूपमा सहमति नै रहेकाले नमिल्ने स्थिति नै छैन, हामी छलफलमै छौँ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘तर, सबै टुंगो लगाउन अझै दुई–चार दिन लाग्न सक्छ, हामी पार्टीमा छलफल गरेर अघि बढ्दै छौँ ।’

    यी हुन् फोरमबाट मन्त्रीका दाबेदार
    फोरमबाट अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेताहरू इस्तियाक राई र रेणु यादव मन्त्रीका मुख्य दाबेदार हुन् । अध्यक्ष यादव कम्तीमा ३ देखि ४ जनालाई मन्त्रिपरिषद्मा सहभागी गराउने गरी दुईवटा प्रभावशाली मन्त्रालय लिने योजनामा छन् ।

    यादवको चाहना मर्यादाक्रममा अघि
    अध्यक्ष यादवले मन्त्रिपरिषद्मा सहभागितासँगै आफ्नो मर्यादाक्रमबारे पनि कुरा राखेका छन् । प्रधानमन्त्री ओलीसँगको छलफलमा उनले मर्यादाक्रममा आफू अगाडि हुनुपर्ने प्रस्ताव गरेको स्रोतले बतायो । अन्य मन्त्रीहरू पार्टी अध्यक्षको हैसियतमा सहभागी नहुने, उपप्रधानमन्त्री र दुई–दुईपटक परराष्ट्रमन्त्री भएकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्ने यादवको दाबी छ । तर, प्रधानमन्त्री ओलीले भने यसबारे कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो ।

    यस्तो छ सहमतिको मस्यौदा

    १. संविधान संशोधनबारे
    संघीय समाजवादी फोरमले उठाउँदै आएको संविधान संशोधनसँग सम्बन्धित माग र मुद्दा संविधान संशोधनको माध्यमबाट संशोधन गर्ने । त्यस्तै, कतिपय विषय र एजेन्डा सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिनेछ । यी सबैको गृहकार्य गर्न आवश्यकताअनुसार संयन्त्र निर्माण गरेर अघि बढ्न सहमत भएका छौँ ।

    २. सरकारमा सहभागिताबारे

    एमाले र माओवादी केन्द्रसँग सरकारमा सहकार्य गर्दै अघि बढ्न संघीय समाजवादी फोरम सहमत भएको छ ।

    सरकारको प्रस्ताव २ फोरमको माग ३ मन्त्रालय

    सरकारमा सहभागिताको विषयलाई लिएर सत्तारुढ एमाले–माओवादी र फोरम नेताहरूबीच बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भयो । तर, मन्त्रालय बाँडफाँडमा सहमति जुट्न सकेन । प्रधानमन्त्री केपी ओलीले २ वटा मन्त्रालय दिन सकिने प्रस्ताव गरेका थिए । तर, फोरम अध्यक्ष यादवले ३ मन्त्रालय मागे । यादवले प्रतिनिधिसभामा उपसभामुखसमेत दाबी गरेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले यादवलाई संघीय मामिला या परराष्ट्रमध्ये एक आफूले हाँक्ने गरी दुई मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका थिए ।

    ‘तपाईं संघीयताको च्याम्पियन हो, त्यसैले संघीय मामिला मन्त्रालय लिनुभयो भने काम गर्न सरकारलाई धेरै सहज हुन्थ्यो, त्यसो हुन्न भने दुई–दुईपटक परराष्ट्रमन्त्री भइसकेका कारण त्यही लिएर सरकारमा सहभागी हुनुस्,’ ओलीको भनाइ उद्धृत गर्दै यादवनिकट स्रोतले भन्यो । तर, प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेकाले काम गरेर देखाउनुपर्ने अवस्था रहेको भन्दै यादवले ‘पावर’ केन्द्रितभन्दा पनि सहरी विकास, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत र कृषि तथा भूमिसुधारमध्ये सकेसम्म २ र अर्को एक मन्त्रालय माग गरेका छन् । नेपाल पानामा समाचार छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad