SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१७ गते
    १८४ पटक

    काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ । सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको हो। महामन्त्री डा. शशांक कोइरालाले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सांसद तथा केन्द्रीय सदस्यलाई दिएका दिवाभोजमा बुधबार सभापति देउवाले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । नेता सिंहले पनि आफू दाबेदार रहेको बताए । अर्का आकांक्षी महामन्त्री डा. कोइरालाले भने प्रतिस्पर्धा गरेर दलको नेता बन्ने दौडमा नलाग्ने बताए । आजको नयाँ पत्रिकामा खबर छ-स्पष्ट दुई गुट रहेको कांग्रेसमा सिंह पार्टीको १३औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेलको पक्षमा थिए । संसदीय दलको नेता छान्न २१ फागुनमा निर्वाचन हुनेछ ।

    उम्मेदवार बन्छु : देउवा
    तपाईं दलको नेतामा उम्मेदवार बन्ने कि नबन्ने भन्ने पत्रकारहरूको प्रश्नमा सभापति देउवाले भने, ‘मेरो घोषणा भयो, म दलको नेतामा उम्मेदवार बन्ने हो, तपाईंहरूले पनि सहयोग गर्नुपर्छ ।’ अहिलेसम्म मुख नखोलेका देउवाले उम्मेदवार बन्ने बताएपछि सहमतिमा नेता चुनिने सम्भावना सकिएको हो ।

    मैले जित्छु : सिंह
    देउवाले उम्मेदवार बन्ने बताएपछि अर्का आकांक्षी सिंहले पूर्ण रूपमा असफल भएका पार्टी सभापतिको विकल्प खोज्नुपर्ने बताए । ‘सभापतिजी पार्टी र सरकार सञ्चालनमा पूर्ण रूपमा असफल हुनुभएको छ । उहाँको विकल्प खोज्ने वेला भएको छ,’ नेता सिंहले भने, ‘म दलको नेताको उम्मेदवार हो । पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म पराजित भएको छैन, अहिले पनि दलको नेतामा जित्छु ।’

    अनि मेरो बोली फुटेन : कोइराला
    सहमतिमा दलको नेता चुनेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखिरहेका महामन्त्री डा. कोइरालाले आफू कांग्रेस एकताको सूत्रधार बन्ने प्रयासमा रहेको बताए । ‘मलाई कांग्रेसको विभाजनको सूत्रधार होइन एकताको सूत्रधार बन्नु छ । संसदीय दलको चुनावमा निर्वाचन भयो भने एकता होइन, अझ विभाजन हुन्छ,’ महामन्त्री डा. कोइरालाले भने, ‘त्यही कारणले म चुनावी प्रतिस्पर्धाबाट संसदीय दलको नेता बन्दिनँ । संसदीय दलको नेता, पार्टी सभापति वा प्रधानमन्त्रीमा आकांक्षा राख्नुभन्दा पहिला कांग्रेस जोगाउने विषयलाई महत्व दिनुपर्छ भन्ने मलाई लाग्छ ।’

    डा. कोइरालाले आफू सर्वसम्मत संसदीय दलको नेता बन्ने प्रस्ताव राख्न भेट्न जाँदा सभापतिले नै म उम्मेदवार बन्छु, सहयोग गर्नु भनेपछि आफ्नो बोली नै बन्द भएको बताए । ‘म सभापतिजीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्छु भन्नका लागि भेट्न गएको थिएँ । तर, उहाँले आफैँ संसदीय दलमा उम्मेदवार बन्छु, सहयोग गनुस्, भन्नुभयो,’ कोइरालाले भने, ‘सर्वसम्मत संसदीय दलको उम्मेदवार बनाउनुस् भन्न गएको, तर उहाँ नै उम्मेवार बन्छु भनेपछि मेरो बोली नै फुटेन ।’

    प्रतिकृया दिनुहोस्
    Loading...

    चर्चित गित बोलमायाका निर्देशक प्रकाश सपुतलाई निशान बानियाँको एक्शन कट् *मरे बाकस*मा सबैको मन छुने गित (भिडियोसहित)

    पर्वत । नेपाली गित संगितलाई माया गर्नेहरुको लागि गित संगितका पारखीहरुको लागि बिल्कुलै नयाँ गित...

    प्रधानमन्त्री अाेलीलाई भारतबाट आयो नेपालीको अस्मितामाथि चोट पुग्ने चिठ्ठी

    काठमाडौं, । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खतरनाक...

    असोज ६ गते शनिबार सेप्टेम्बर २२ राशिफल, श्रीपशुपतिनाथले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सरकार र राज्यपक्षबाट लाभ...

    मोहर्रम पर्व धुमधामले मनाईयाे

    अजय प्रताप मिश्रा, कपिलबस्तु। कपिलवस्तुको कृष्णनगरमा मुस्लिम धर्मबलिहरुको महानचाडपर्ब मोहर्रमको उपलक्षयमा कृष्णनगर न.पा.अन्तरगत लक्ष्मीनगरमा भब्यमेला अयाेजना...

    नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad