SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१५ गते
    २५८ पटक

    काठमाडौं । ज्योती मगरको नामसँगै जोडिन्छ ‘ग्ल्यामर’ । धेरैले उनलाई ‘भल्गर’ रुपमा पनि ब्याख्या गरिदिन्छन् । ज्योती भने वास्तविकतामा आफू त्यस्तो नभएको बताउँछिन् । र थुप्रै ‘स्टेज पर्फमेन्स’मा भेट हुने दर्शकहरु ज्योतीको यथार्थ बुझेपछि प्रशंसक नै हुने उनको अनुभव छ । ‘जति आलोचना गरे पनि वास्तविक प्रस्तुती देखेपछि उहाँहरुले प्रशंसा गर्नुभएकै छ,’ उनले भनिन्, ‘कतिले त हामीले सोचेजस्तो नराम्रो रहेनछ भनेर भावुक हुँदै अंगालो हाल्नुभएको छ ।’ चर्चित गायिका तथा ‘ईन्टरटेनर’ ज्योती मगर पछिल्लो साताको एक साँझ नेपालआजको स्टुडियोमा आएर अन्तरवार्ता दिएकी छन् । यस क्रममा उनले आफ्ना थुप्रै रहस्य खुलासा गरिन् ।

    भलाद्मी हुन मन छ

    ज्योतीको प्रस्तुतीमाथि धेरैले भद्दा प्रतिक्रिया पनि दिने गर्छन् । उनले पनि यसपटकको अन्तरवार्ता भलाद्मी हुन मन लागेको बताइन् । त्यसो त, उनको दैनिक जीवनशैली पनि कुर्तासुरुवाल वा गुन्युचोली लगाउने किसिमको छैन । घरमै बस्दा पनि उनी निस्फिक्री शैलीमै हुन्छिन् । तर भलाद्मी देखिनेहरुबाटै खतरा रहेको भन्दै आफू भित्र जस्तो छ बाहिर पनि उस्तै रहेको उनको दाबी छ ।

    समाजमा इमानदारी र अनुशासित देखिनेहरुले नै खराब काम गरेको उदाहरण दिँदै ज्योतीले आफू भद्दा देखिए पनि असल रहेको बताइन् । उनले भनिन्, ‘बरु मुन्द्रा लाउने, अलिक हेर्दै डरलाग्दो केटाहरुले केटी पनि जिस्काउँदैन । तर जो सुटेट बुटेट र इमानदार देखिन्छ नी, उसैले अँध्यारोमा केटी जिस्काउँछ ।’

    नेताहरुबाटै अभद्र व्यवहार

    ज्योतीले हालै एक कार्यक्रममा साथीसँगै रहँदा देशका सार्वजनिक छवि बोकेको मन्त्रीस्तरीय व्यक्तिले नै यौनजन्य दुव्र्यवहार गरेको ज्योतीको दाबी छ । हामीले पटक पटक प्रश्न गर्दा पनि उनले ती व्यक्तिको नाम भने खुलाउन चाहिनन् । केही साताअघिको एक साँझको कार्यक्रममा उनले आफूलाई ती नेताले यौनजन्य हिंसा गरेको बताइन् । इमानदार देखिनेहरु जब बन्द कोठामा पुगेपछि उनीहरुको अशलियत थाहा हुने भन्दै त्यस्तो दोहोरो चरित्रप्रति नराम्रो लाग्ने उनको अनुभव छ । प्रस्तुतीको क्रममा ठूला ब्यापारीले समेत यौनजन्य हिंसा गर्न उद्यत रहेको देखेको उनले सुनाइन् । ‘एक ठाउँमा ठूलै शो भएको थियो ।

    एउटा भयङ्कर पैसा भएको ब्यापारीले गरेको सेमिनारमा मैले गीत गाएँ । त्यहाँ मेरो गीत कस्तो, स्वर कस्तो मतलब छैन । बस् अब देखाउँछे त्यो मात्र मतलब गर्ने !’ यद्यपि आफू ‘चप्पल उठाउने पाराको केट’ नभएर चलाखीपूर्ण रुपमा त्यस्ता कुरालाई पन्छाउनसक्ने उनले बताइन् । साथै प्रहरीकहाँ उजुरी गर्नैपर्ने अवस्था अहिलेसम्म नआएको पनि उनको भनाइ थियो । रक्सी अनुभवज्योती रोल्पाको मगर परिवारमा जन्मेकी हुन् । उनको समुदायमा रक्सीलाई विभिन्न पूजाआजामा पनि प्रयोग गर्ने चलन छ ।

    ज्योतीको आफ्नै पनि रक्सी सेवन गर्ने आदत छ । साथीभाइसँग बस्दा विभिन्न कार्यक्रममा रक्सी पिएरका धेरै याद उनले हामीलाई सुनाइन् । केहिले त उनले रातैभरी रक्सी पिएर बिताएको पनि सुनाइन् । यतिसम्म कि १० घण्टासम्म साथीहरुसँग रक्सी पिएका घटना नेपालआजलाई उनले ‘शेयर’ गरेकी छन् । तर रक्सी पिएर पनि आफ्नो बानी खराब नहुने उनको अनुभव छ । बरु रोमान्टिक बन्नेगरेको बताइन् । नेपाल आजबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad