SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१४ गते
    ८८ पटक

    एजेन्सी । गएराति वेम्बली रंगशालामा आर्सनललाई हराउदै सिटीले इंग्लिस लिग कपको उपाधि जितेको छ । पेप ग्वार्डिओलाले म्यान्चेस्टर सिटीको प्रशिक्षकको रुपमा पहिलो उपाधि हाँसिल गरेका छन् ।गएको साता एफए कपको पाँचौं चरणमा वीगान एथ्लेटिक्ससँग पराजित भएको सिटीले आर्सनललाई ३–० ले हराएर उपाधि जितेसँगै प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि यात्रामा शतर्क रहेको जनाउ दिएको छ ।सर्जियो एग्यूरोले खेलको १८ औं मिनेटमै गोलको खाता खोलेका थिए । उनले गोलरक्षक क्लाउडिओ ब्राभोको गोलकिक कलेक्ट गर्दै आर्सनलका डिफेण्डर सकोडरन मुस्ताफीलाई छक्याएर गोल गरेका थिए ।सुरुआतमै पछि परेपछि आर्सनल दवावमा देखियो ।

    पहिलो हाफमा एक शून्यले अघि रहेको सिटीले दोस्रो हाफमा २ गोल थप्यो । ५८ औं मिनेटमा सिटीका कप्तान भिन्सेन्ट कोम्प्यानीले दोस्रो गोल गरे । उनले इके गुण्डोगानको पास सदुपयोग गरेका थिए ।६५ औं मिनेटमा डेभिड सिल्फाले डानिलोको पासमा प्रहार गरेको शक्तिशाली सट गोल भएपछि सिटी ३–० ले विजयी रह्यो ।  अघिल्लो सिजन बार्यन म्यूनिखबाट सिटी गए यता ग्वार्डिओलाको यो पहिलो ट्रफी हो । त्यसो त सिटीलाई यस अवस्थामा ल्याउन उनले यसै सिजनमात्रै खेलाडी किनबेचका नाममा ४ सय ५० मिलियन पाउण्डभन्दा धेरै रकम खर्चिएका थिए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad