SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१० गते
    १३१ पटक

    सम्राट जिसी,  भैरहवा । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बिहीबारबाट डिभिजन ‘ए’ अन्तर्गत लिग चरणका खेल सुरु भएका छन् । लिग चरणमा समूह (ए) को पहिलो खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले ज्ञानोदय क्रिकेट क्लब करहियालाई १ सय ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको शविशक्तिले निर्धारित ५० ओभरको खेलमा ४९ ओभर ४ बलमा सबै विकेट गुमाई ३ सय ४ रन बनायो । उसका लागि अनिल थापाले सर्वाधिक ७३ रनको योगदान दिए भने यम क्षेत्रीले ५२, सुमन अधिकारीले ३८ र कृष्ण कार्कीले ३६ रन बनाए । बलिङमा ज्ञानोदयका सन्तोष क्षेत्री र निशान पुरीले समान ३/३ विकेट लिए ।

    प्रत्तिउत्तरमा ३ सय ५ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको ज्ञानोदय ३४ ओभर २ बलमा सबै विकेट गुमाई १ सय २२ रनमै समेटियो । उसका लागि निशान पुरीले ३६ र निशान शर्माले ३० रन बनाए पनि जितका लागि प¥याप्त भएन । ज्ञानोदयलाई सस्तैमा समेट्ने क्रममा बलिङमा शिवशक्तिका म्यान अफ द म्याच समेत रहेका अनिल थापाले ४ विकेट लिए । यस्तै विधान सुनार, हरजित सिंह र कृष्ण कार्कीले समान २/२ विकेट लिए ।

    शुक्रबार समूह (बी) मा रहेका वेष्टर्न क्रिकेट क्लब बुटवल र देवदह क्रिकेट युनिट देवदहबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए । प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad