SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/९ गते
    १५१ पटक

    नारायण विश्वकर्मा, पर्वत। पर्वत जिल्लाको दक्षिण भेगमा पर्ने विहादी गाँउपालीले आफ्ना मातहतका प्रत्येक वडा वडामा गएर योजना सम्झौता गरी योजनाको २५ प्रतिशत रकमको चेक हस्तान्तरण गरेको छ । विहादी गाँउपालीका अन्तर्गतका १, २, ३, ४, ५ र ६ नम्बर वडामा ८ करोड रुपयाको योजना सम्झौता गरिएको हो । विहादी गाँउपालीकाका कार्यकारी प्रमुख दिनेश सर्माले गाँउपालीकाका प्रमुख कमल प्रसाद भुसाल, आफु स्वम, लेखा संयोजक, प्रविधिक सहितको टोली वडा कार्यलयमै गएर योजना सम्झौता गरी चेक हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

    उहाँले वडाले सम्झौता गरेका सवै योजना सम्पन्न गरिसके पछि वाँकी रहेको ७५ प्रतिसत रकमको चेक पनि गाँउपालीकाले वडा कार्यलयमै गएर हस्तान्तरण गरिने बताउनुभयो । गाँउपालीका अथवा नगरपालीकाले यसरी वडा कार्यलयमा गएर योजना सम्झौता गरि चेक हस्तान्तरण गर्ने कार्यक्रम जिल्लामै पहिलो पटक विहादी गाँउपालीकाबाट शुरु भएको छ, “हामीले वडा अध्यक्ष, सचिव तथा कर्मचारीहरुलाइ दुख दिन चाहेनौँ त्यसैले वडा कार्यलयमै गएर योजना सम्झौता गरी चेक हस्तान्तरण गरेको हौँ ” सर्माको भनाइ छ ।

    सर्माले गाँउपालीकाले मोटरबाटो र सिंचाइ पहिलो प्राथामिकतामा राखेर कुल योजनाको ५० प्रतिशत वजेट विनियोजन गरेको जानकारी दिँदै खानेपानी, कृषि, शिक्षा, सरसफाइ लगाएतका योजनाहरु पनि सम्झौता गरिएको बताउनुभयो । विहादी गाँउपालीकाका प्रमुख कमल प्रसाद भुसालले वडा भित्र रहेका उपभोक्तहरुलाइ दुख नदिउँ भन्ने मनसायले वडा कार्यलयमै गएर योजना सम्झौता गरेको बताउनुभयो ।

    “प्रत्येक वडा संग कम्तीमा पनि ५० देखी १०० वटाको हाराहारीमा योजनाहरु छन, ति योजना सम्झौता गर्न ठुलो संख्याामा उपभोक्तहरु वडामै आउनुपर्ने स्थीती देखे पछि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ,” भुसालको भनाइ छ । उहाँले योजना सम्पन्न भएको छ वा छैन, योजना प्रभावकारी भयो वा भएन भनेर इन्जीनियर खटाउने भन्दै गाँउपालीकाको टोलिले समेत स्थलगत निरिक्षण गरेर वाँकी रहेको योजनाको रकम पनि त्यसै अनुरुप हस्तान्तरण गरिने बताउनुभयो ।

    त्यस्तै विहादी गाँउपालीका वडा नम्बर–६ का वडा अध्यक्ष टेक वहादुर थापाले योजना सम्झौता गर्न गाँउपालीका धाउनुपर्ने झन्जटले यस्तो कार्यक्रमलाइ मुक्त बनाएको भन्दै समयको पनि वचत गराएको भन्दै गाँउपालीकालाइ धन्यवाद दिनुभयो । उहाँले जिल्लामै नमुना कार्यको थालनी विहादी गाँउपालीकाले गरेको भन्दै यो कार्यक्रमलाइ निरन्तरता दिँदैँ अन्य रचनात्मक कार्यहरुलाइ पनि अगाडि वढाउन सुझाव दिनुभयो । सामाजिक व्यक्तित्व तथा युवा व्यवसायी रामहरी भट्टराइले विहादी गाँउपालीकाले जनतामुखी कार्यक्रम थालेर आफ्ने वास्तविक कर्तव्य पुरा गर्न खोजेकोमा आफुहरुलाइ खुसी लागेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad