SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/६ गते
    १४६ पटक

    सुन्दर कुमार थकाली, मुस्ताङ । प्रभु बैङ्क प्राईभेट लिमिटेडले मुस्ताङका ५ वटै स्थानीय तहमा छिट्टै आफ्नो शाखा बिस्तार गर्ने भएको छ ।संघियता कार्यान्वयन भएपछि प्रभुले देशका १९ जिल्लामा शाखा बिस्तार गर्न लागेको बताएको छ ।

    स्थानीय तहमा बैङ्किङ कारोवारमा शहजता प्रदान गर्न शाखा बिस्तारको अवधारणा अघि सारिएको बैङ्कका मुस्ताङ शाखा प्रमुख नरेश भट्टचनले जानकारी दिए ।उनका अनुसार उपल्लो मुस्ताङ अन्तर्गत लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ र लो घेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा शाखा बिस्तार गर्न लागेको हो ।त्यस्तै तल्लो मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ केन्द्रमा पनि शाखा बिस्तार हुनेछ ।यसअघि प्रभू बैङ्कले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको रानीपौवा बजार र सदरमुकाम जोमसोममा शाखा बिस्तार गरिसकेको शाखा प्रमुख भट्टचनले जानकारी दिए ।‘चालु वर्षभित्रै ५ वटै स्थानीय तहमा हाम्रा शाखा बिस्तार हुनेछन्’उनले भने‘यसका लागि पूर्व तैयारी अघि बढिरहेको छ ।’

    प्रभु बैङ्कले चालुवर्षमा भोजपुरका २ ,ईलाम १,संखुवासभा,धनुषा १,महोत्तरी १ सिराहा २,बाग्लुङ ५,कास्की १,मनाङ २,मुस्ताङ ३,म्याग्दी २,पर्बत १,कपिलबस्तु १ ,रोल्पा १,दैलेख २,डोल्पा १,हुम्ला १,बैतडी १,डढेलधुरा १ र दार्जुला १ गरि ३० वटा शाखा बिस्तार गर्ने तैयारी गरेको प्रभु बैङ्कले बताएको छ ।स्थानीय तह गठन भएको ९ महिना बितिसक्दा समेत मुस्ताङका ३ वटा स्थानीय तहमा बैङ्किङ सेवा संञ्चालनमा आएको छैन ।

    शाखा बिस्तार भएपछि स्थानीयले पाउने सामाजिक सुरक्षाभत्ता प्राप्त गर्न सजिलो हुने शाखा प्रमुख भट्टचनले बताए ।उनका अनुसार सरकारी तथा गैरसरकारी निकायमा कार्यरत कर्मचारी,उद्योगी,पर्यटक र स्थानीय समेत लावान्गित हुने भएका छन् ।बिदेशबाट पठाएको रेमिट्यान्स् स्थानीय स्तरमै बुझ्न सजिलो हुने भएकाले बैङ्किङ सेवा प्रभावकारी हुने लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु)ले बताए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad