SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/६ गते
    ११७ पटक

    कुश्मा । प्रथम भेट्रान्स सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधी रोट्¥याक्ट क्लव अफ पर्वतले जितेको छ । सिसेफ नेपालको आयोजना तथा सिसेफ स्पोट्स एकेडमीको संयोजनमा आयोजित प्रतियोगितामा रोट्¥याक्ट क्लव अफ पर्वत र एकता युवा क्लव बिच हिजो शनिबार बिहान फाईनल प्रतिष्पर्धा भएको थियो । निर्धारित समयको खेलमा ३-३ गोल भएपछिखेल ट्राईबेकरमा पुगेको थियो। ट्राईबेकरमा रोट्¥याक्ट क्लव अफ पर्वतले एकता यूवा क्लवलाई शुन्यका बिरुद्ध दुई गोल अन्तरले हराउँदै उपाधी हात पारेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा अधिकांस समय एकता यूवा क्लवले बल आफ्नो नियन्त्रणमा राखे पनि हाप टाईम अगाडीको ३-०को अग्रता जोगाउन नसक्दा खेलगुमाउन पुग्यो।

     शुक्रबार र शनिवार गरि दुईदिनसम्म चलेको प्रतियोगीतामा ८ टिमको सहभागिता रहेको थियो । पहिलो चरण शुक्रवार आयोजक सिसेफ नेपाल र नमुना आवसिय मावि, पर्वत संगित तथा इलेक्ट्रोनिकस ब्यबसायी संघ संग रोट्¥याक्ट कलव अफ पर्वत, कुश्मा मुस्लिम युवा क्लवसंग पर्वत ब्याडमीन्टन संघ तथा पर्वत वैंकर एसोसियसनसंग एकता युवा क्लवको विचमा प्रतिष्पर्धा भएको थियो । सेमिफाइनलमाएकता युवा क्लवले पर्बत पर्वत ब्याडमीन्टन संघलाई ४-१ ले तथा रोट्¥याक्ट कलव अफ पर्वतले आयोजक सिसेफ नेपाललाई २-०ले पन्छाएर फाईनलको भिडन्त पक्का गरेका थिए।विजेता टिम लाई नगद १५ हजार ट्रफी,मेडल र प्रमाणपत्र तथा उपविजेता टिमलाई १० हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने फाईनल खेल रेफ्री राजन गुरुङ ले खेलाउनु भएको थियो।

    सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरीको अध्यक्षतामा संचालित समापन कार्यक्रमको प्रमुख अतिथ सिसेफ नेपालका सस्थापक उत्प्रेरक भिम प्रसाद श्रेष्ठ रहनुभएको थियो प्रमुख अतिथि श्रेष्ठले खेल मैदान र्निमाणका लागि सवैसंग सहकार्यगर्दै जानुपर्ने वताउनुभयो । कार्यक्रममा सिसेफका संस्थापक अध्यक्ष टंकनाथ लामिछाने,एकता युवाकलवका अध्यक्ष नरेन्द्र के.सी, रोट्¥याक्ट कलव अफ पर्वतका अध्यक्ष मिलन पौडेल लगायतले वोल्नुभएको थियो । कार्यक्रम संचालन सस्थापक उपाध्यक्ष रमेश श्रेष्ठले गर्नु भएको थियो  भने स्वागत सिसेफ स्पोस्ट्स एकेडमीका अध्यक्ष गोविन्द रिजालले गर्नुभएको थियो

     

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad