SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/३ गते
    १०४ पटक

    बुटवल । प्रदेश नं ५ को गृहमन्त्रीमा नेकपा माओवादीका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) र एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । रोल्पाबाट प्रदेशसभा चुनाव जितेका केसीले मुख्यमन्त्री दाबी गरेका थिए । तर, चुनावअघि नै शंकर पोखरललाई मुख्यमन्त्री बनाउने सहमति शीर्ष स्तरमा भइसकेको थियो ।

    केसी जनयुद्धअघि शिक्षक थिए । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोल्पा भ्रमणको क्रममा कालो झण्डा देखाएपछि उनको जागिर गयो । २०५२ फागुनमा माओवादीले सशस्त्र विद्रोह सुरु भएदेखि नै संलग्न उनी विभिन्न भूमिकामा रहे । २० जेठ, २०६० मा भारतको पटनाबाट पक्राउ परेका उनी २०६३ साल साउनमा रिहा भएका थिए ।

    पार्टी विभाजन हुँदा मोहन वैद्यतिर लागेका उनी रामबहादुर थापा बादलसँग माओवादीमा फर्किएका थिए ।भौतिक पूर्वाधार विकास मन्त्री बनेका बैजनाथ दोस्रो संविधानसभामा सभासद थिए । २०४० देखि ०४६ सालसम्म सिभिल ओभरसियर रहेका उनी ०४७ सालदेखि राजनीतिमा लागेका थिए । उनी जिविस सभापति भएका थिए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad