SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२ गते
    २३४ पटक

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक सकिएको छ । बुधबार बसेको बैठकले माओवादी कार्यकर्ताहरुलाई रिझाउए निर्णय गरेको छ । बैठकमा सहभागी माओवादीका केन्द्रीय कार्यालय सदस्य मणि थापाका अनुसार सरकारको नेतृत्व प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आलोपालो गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

    त्यस्तै ओली र प्रचण्ड दुबै जना सहअध्यक्ष बन्ने निर्णयलाई पनि माओवादीले अनुमोदन गरेको छ । पहिलो पटक ओलीले साढे २ बर्ष प्रधानमन्त्री बन्नेछन भने दोस्रो चरणमा प्रचण्डले साढे २ बर्ष सरकारको नेतृत्व गर्ने निर्णय अनुमोदन गरेको थापाले जानकारी दिए । पार्टीकाे एकता घोषणा पनि आजै बस्ने एकता संयोजन समिति बैठकले गर्न सक्नेछन । तत्काललाई ओली अध्यक्ष बनेपनि साढे २ बर्षपछि प्रचण्ड पनि प्रधानमन्त्री बन्नेछन् ।

    उता एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । ललितपुर मानभवनस्थित शारदा अधिकारीको घरमा बुधबार आकस्मिक बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।

    अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि दुई नेताबीच भएका गृहकार्यका बारेमा नेताहरुलाई व्रिफिङ गरेका थिए । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुझाएपछि एमालेले माओेवादीसँग मिलेर सरकार गठन गर्ने तयारी वरुप ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् । एमाले स्थायी कमिटि बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक सोही स्थानमा सुरु भएको छ ।

    दुई अध्यक्षबीच भएका सहमति

    द्विअध्याक्ष्मत्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतमा रहने, पार्टी चलाउने भएकाले प्रचण्ड कार्यकारी, ओली सेरेमोनियल अध्यक्ष, सरकारको नेतृत्व, अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी साटफेर, वाम गठवन्धन निमार्णताकाकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुवै आधा–आधा प्रधानमन्त्री बन्ने ।

    त्यस्तै दुवैले पुच्छर हटाएर पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने, दुवैले मानिरहेका माक्र्सवाद, लेनिनवादलाई पार्टीको सैद्धान्तिक आधार मान्ने, सकेसम्म छिटो बिशेष महाधिवेशन गर्ने । त्यसअघि एकताका शैद्धान्तिक आधार र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने, दुई अध्यक्षसँगै बहुपद सृजना नगर्ने । सानो आकारको केन्द्रीय समिति बनाउने र राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad