SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२ गते
    १३४ पटक

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक देखि सहायक स्तरसम्मका कर्मचारीको सरुवा भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बुधबारको निर्णयबाट हालैमत्र बढुवा भएका उपकार्यकारी निर्देशकको पदस्थापना तथा सरुवा गरेका हुन् । घिसिङले ‘उपयुक्त व्यक्ति उपयुक्त स्थान (राइट पर्सन, राइट प्लेस)’को अवधारणअनुसार कर्मचारीलाई जिम्मेवारी दिने बताउँदै आएका छन् ।

    प्राधिकरणको सबैभन्दा ठूलो संरचना रहेको बितरण तथा ग्राहक सेवा निर्देशनालयको जिम्मेवारी उपकार्यकारी निर्देशक हरराज न्यौपानले पाएका छन् । उनी हालै मात्रै उपकार्यकारी निर्देशकमा बढुवा भएका हुन् । बितरण तथा ग्राहक सेवा निर्देशलनालयका उपकार्यकारी निर्देशक सुनीलकुमार ढुंगेललाई उत्पादन निर्देशनालयमा सरुवा गरिएको छ ।

    ढुंगेल तिनै व्यक्ति हुन् जसले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्धा हालेका थिए । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उनी घिसिङलाई कार्यकारी निर्देशक स्वीकारी काम गरिरहेका छन् ।

    स्रोतकाअनुसार, उनले अहिले मुद्धा फिर्ता लिइसकेका छन् । ढुंगेलले बितरण तथा ग्राहक सेवामा सन्तोषजनक कार्यसम्पादन गर्न सकेका थिएनन् । त्यसैले त्यहाँ बितरण तथा ग्राहक सेवामा लामो अनुभव भएका न्यौपानेलाई लगिएको प्राधिकरण प्रशासन निर्देशनालयका एक कर्मचारीले बताए ।

    इन्जिनियरिङ निर्देशनालयमा उपकार्यकारी निर्देशक राजीव शर्मालाई लगिएको छ । निर्देशनालयमा रहेका र हालैमात्र उपकार्यकारी निर्देशकमा बढुवा भएका मोहनरत्न शाक्यलाई प्रसारण निर्देशनालयमा पदस्थापना गरी बुढीगण्डकी जलविद्युत आयोजनाको संयोजकको जिम्मेवारी दिएको छ । सरकारले १२ सय सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा प्राधिकरणले निर्माण गर्ने निर्णय गरेको छ । प्राधिकरणले सहायक कम्पनीको अनुगमन गर्न छुट्टै निर्देशनालयको स्थापना गरेको छ । निर्देशनालयको कार्यकारी निर्देशक रहने व्यवस्था गरी हालै मात्रै बढुवा भएका अनिल राजभण्डारीलाई जिम्मेवारी दिइएको छ ।

    एनईए इन्जिनियरिङ कम्पनीमा पनि उपकार्यकारी निर्देशक खटाइएको छ । हालै मात्रै बढुवा भएका हितेन्द्रदेव शाक्यलाई आयोजना व्यवस्थापन निर्देशनालयमा पदस्थापना गरी कम्पनीमा खटाइएको हो । आयोजना व्इवस्थापन निर्देशनालयमा उपकार्यकारी निर्देशकको दरबन्दी रहेता पनि ११ तहकै निर्देशक मनोज शिलवाललाई नै यथावत राखिएको छ ।

    विराटनगर क्षेत्रीय कार्यालयका निर्देशक बज्रभूषण चौधरीलाई बृहत्तर प्रसारण लाईन २२० केभीमा पदाधिकार कायम राखी प्रसारण निर्देशनालयको निमित्त उपकार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । चौधरीले विराटनगरमा रहँदा राम्रो काम गरेको बताइन्छ । हालैमात्रै उपकार्यकारी निर्देशकमा बढुवा भएका लेखनाथ कोइराला, शान्तिलक्ष्मी शाक्य र जनदिश्वरमान सिंहलाई क्रमश ः अर्थ, प्रशासन र योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयमा पदस्थापना गरिएको छ । यस अघि उनीहरुले त्यही कामु रहेर काम गरेका थिए ।

    को कहाँ सरुवा भए ?

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad