SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/२ गते
    १०९ पटक

    काठमाडौं । केपी ओली र प्रचण्डबीच एकताको विषयले पूर्णता पाउन लागिरहेको बेला एमाले नेताले एकता भड्काउने अभिव्यक्ति दिएको भन्दै माओवादी केन्द्रका नेताहरु ससंकित बनेका छन् । मंगलबार राजधानीको एक कार्यक्रममा बोल्दै एमाले नेता राईले एकतापछि पनि ओली नै अध्यक्ष र प्रधानमन्त्री बन्ने जिकिर गरे । प्रचण्डलाई अध्यक्ष मान्न एमाले नेताहरु तयार नभएको उनको भनाई छ ।

    उनले आफूले फागुन ३ गते दिउँसो ३ बजे प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथग्रहण लिने पनि जानकारी दिए । त्यस्तै उनले सोही दिन आफूले सानो र छरितो क्याविनेट विस्तार गर्ने जानकारी दिए । राईले आफूले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि कामका प्राथमिकताहरु सार्वजनिक गर्ने जनाए । उनका अनुसार आफ्नो पहिलो प्राथमिकतामा प्रदेश नम्बर १ लाई भ्रष्टाचारमुक्त बनाउने रहेको छ । उनले भने,‘हामी भ्रष्टाचारको विरुद्धमा कठोर कदम चाल्छौं, भ्रष्टाचारलाई हामी शुन्यमा झार्छौं ।’

    त्यस्तै उनले उक्त प्रदेशलाई सुशासन र समृद्ध बनाउने पनि जनाए । उनले भने,‘भ्रष्टाचारमुक्त पछि हाम्रो अर्को योजना विकास र समृद्धि नै हो, त्यसको लागि गुरुयोजना अघि बढाउँछौं।’ राईले प्रदेश नम्बर एकलाई समृद्ध र देशकै नमूना प्रदेश बनाउनको लागि आफूहरुसँग गुरुयोजना रहेको बताउँदै उक्त गुरुयोजनाअनुसार नै काम गर्ने विश्वास दिलाए ।

    उनले एक नम्बर प्रदेश कृषि, पर्यटन, जलविद्युत सबै हिसावले सम्भावना बोकेको प्रदेश भएकोले सोही अनुसार आफूले काम गर्ने जनाए । उनले थपे,‘हाम्रो प्रदेशमा लाखौं लाख पर्यटकहरु आउनुहुन्छ, पर्यटकीयस्थलको विकास गर्न हामी केन्द्रित हुन्छौं, त्यस्तै जलस्रोतको विकासमा पनि हामी पूर्ण रुपमा केन्द्रित हुन्छौं।’ राईले देशको कुल जलविद्युत क्षमताको एक तिहाई क्षमता एक नम्बर प्रदेशमा भएकोले सोही अनुसार आफूले काम अघि बढाउने योजना सुनाए ।

    राईले औद्योगिक विकास र आईटीको पनि विकासमा विशेष ध्यान दिईने बताए । उनले भने,‘हामी यो प्रदेशलाई समृद्ध र देशकै नमूना प्रदेश बनाउँछौं, हामी सक्छौं ।’ उनले एक नम्बर प्रदेशको नामांकन र प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने कुरा प्रदेश सभाको अधिकारको विषय भएकोले सोही अनुसार निर्णय लिईने पनि जानकारी दिए ।

    एमाले र माओवादी केन्द्रवीचको एकता पनि चाँडै घोषणा हुने विश्वास दिलाए । उनले भने,‘दुई पार्टीबीचको एकताबारे अब शंका तथा उपशंका गर्ने कुनै ठाउँ छैन, एकता छिट्टै घोषणा हुन्छ, हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यू अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्नुहुन्छ ।’

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad