SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/११/१ गते
    १९५ पटक

    काठमाडौं। आगामी विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलसम्म पुग्नको लागि अहिले नेपाल नामिबियामा भइरहेको ‘आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु’ प्रतियोगितामा भिडिरहेको छ । प्रतियोगिताको अंक तालिकामा नेपाल अहिले दोस्रो स्थानमा छ । ६ टिम सहभागी यो प्रतियोगिताका शीर्ष २ टोली विश्वकप छनोट खेल्नका लागि योग्य हुनेछन् । सबैभन्दा पछि पर्ने २ टोली डिभिजन ३ मा घटुवा हुनेछन् र बीचका २ टोली डिभिजन २ मै कायम रहनेछन् ।

    प्रतियोगिताको समूह चरणका ५ खेलमध्ये ४ खेल खेलिसक्दा नेपालले विश्वकप छनोटमा पुग्ने बलियो सम्भावना कायमै राखेको छ । पछिल्लो अंक तालिका अनुसार अबका बाँकी खेलमा जस्तोसुकै नतिजा आए पनि नेपाल डिभिजन ३ मा घटुवा भने हुने छैन । तर, विश्वकप छनोटसम्म पुग्नको लागि नेपालसामु अझै चुनौती छन् । ती चुनौतीलाई पार गर्न सकेमा मात्र नेपाल विश्वकप छनोटसम्म पुग्नेछ । यसका लागि सबैभन्दा ठूलो चुनौती हो क्यानडासँग भोलि हुने समूह चरणको अन्तिम खेल ।

    शीर्ष २ टोली विश्वकप छनोट खेल्नका लागि योग्य हुनेछन् । सबैभन्दा पछि पर्ने २ टोली डिभिजन ३ मा घटुवा हुनेछन् र बीचका २ टोली डिभिजन २ मै कायम रहनेछन् ।

    समान ४ खेल खेलेका क्यानडा र नेपाल अंक तालिकाको क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । यी दुवैको समान ६ अंक छ र नेट रनरेटका आधारमा क्यानडा शीर्ष स्थानमा छ । तेस्रो र चौथो स्थानमा समान ४ अंकसहित युएइ र नामिबिया छन् । यी ४ टोली शीर्ष २ मा पर्ने होडमा छन् र २ टोली ओमन र केन्या शीर्ष २ को दौडबाट बाहिरिइसकेका छन् ।

    भोलि हुने नेपाल र क्यानडाबीचको खेलको विजेता सोझै विश्वकप छनोटसम्म पुग्नेछ । यदि नेपालले यो खेल जित्यो भने विश्वकप छनोटको यात्रा तय गर्नेछ । तर, यदि यो खेल हारेमा के होला ? यदि यस्तो भएमा नेपाल विश्वकप छनोटसम्म पुग्नको लागि अन्य खेलको नतिजाको भर पर्नुपर्नेछ । नेपालले भोलिको खेल हारेको अवस्थामा अन्य खेलको नतिजा पनि नेपाललाई फाइदा पुग्ने गरी आएमा मात्र नेपाल विश्वकप छनोटसम्म पुग्न सक्नेछ ।

    भोलि हुने नेपाल र क्यानडाबीचको खेलको विजेता सोझै विश्वकप छनोटसम्म पुग्नेछ ।

    आज नामिबिया र केन्याबीच हुने समूह चरणको खेल पनि नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । यस खेलमा नामिबिया विजयी भए नामिबियाले पनि नेपाल र क्यानडासँग बराबर ६ अंक जोड्नेछ। तर, यो खेल केन्याले जितेमा केन्याको मात्रै २ अंक हुनेछ । तीन खेल खेलेको केन्याले अहिलेसम्म एउटा पनि खेल जितेको छैन र शून्य अंकसहित अंकतालिकाको अन्तिममा छ ।

    त्यसपछि निर्णायक ३ खेल बुधबार हुनेछन् । बुधबार हुने समूह चरणका अन्तिम ३ खेलमा नेपाल र क्यानडा तथा नामिबिया र युएई भिड्नेछन् । यी दुई खेल नेपालका लागि महत्वपूर्ण हुनेछन् । भोलिको तेस्रो खेल केन्या र ओमानबीच हुनेछ र यो खेलको नतिजाले नेपाललाई असर पार्ने छैन । यदी नामिबियाले अबको दुबै खेल जित्ने र नेपाल पराजित हुने हो भने नेपाल शीर्ष दुईमा पर्न असफल हुनेछ।

    अहिलेसम्मको अंकतालिकामा नामिबिया र युएइको नेट रनरेन धनात्मक (प्लस) छ र नेपालको नेट रनरेट ऋणात्मक (माइनस) छ । यस्तो अवस्थामा यदि नेट रनरेट निर्णायक भएमा नेपाल शीर्ष २ मा पर्न निकै कठिन छ ।

    नेपाल पराजित हुने र नामिबियाले आज केन्यासँग हारेर भोलि युएईलाई जितेमा पनि नेपाल र नामिबियाको अंक बराबरी हुनेछ र रनरेटको आधारमा शीर्ष दुईमा पर्ने टिमको छिनोफानो हुनेछ। नामिबियाले दुबै खेल हार्ने र नेपाल पनि भोलि पराजित भए नेपाल र युएईको समान ६ अंक हुनेछ। यस्तो अवस्थामा पनि रनरेट निर्णायक हुनेछ।

    नेपालको लागि सबैभन्दा चुनौतीपूर्ण कुरा हो यदि अंक समान भएर नेट रनरेटका आधारमा शीर्ष टोली छान्नुपर्ने भयो भने नेपाल शीर्ष २ मा पर्न कठिन हुनेछ । किनकि अहिलेसम्मको अंकतालिकामा नामिबिया र युएइको नेट रनरेन धनात्मक (प्लस) छ र नेपालको नेट रनरेट ऋणात्मक (माइनस) छ । यस्तो अवस्थामा यदि नेट रनरेट निर्णायक भएमा नेपाल शीर्ष २ मा पर्न निकै कठिन छ । अतः नेपाल विश्वकप छनोट खेल्नको लागि भोलि क्यानडासँग हुने खेल जित्नु अनिवार्यजस्तै देखिएको छ । डिसी नेपालबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad