SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/१०/२७ गते
    ३५१ पटक

    युएई । नेपाली गित संगितको बजारमा आफुलाई परदेशी निर्देशकको रुपमा पहिचान बनाउँदै लगेका चर्चित निर्देशक केशव कटुवालको निर्देशनमा हालै मात्रै निकै चर्चित गित वाउँ क्या राम्री सोल्टीनी बजारमा आएको छ । बिदेशी भुमी युएईका बिभिन्न रमणीय स्थानहरुमा छांयांकन गरिएको गितको भिडियोलाई निकै आर्कषक रुपमा प्रस्तुत गरिएको छ ।

    निर्देशक केशव कटुवालको साथमा पछिल्लो समय की निकै हट मोडलको पहिचान बनाएकी नायीका रिया श्रेष्ठको भुमिकालाई गितमा रोचक रुपमा प्रस्तुत गरिएको छ । एकपछि अर्को गितहरुको निर्देशन मार्फत आफुलाई स्थापित गराएका निर्देशक कटुवालको एक्शन कट्ले यस गितमा निकै राम्रो स्थान जमाएको छ ।

    टंक बुढाबुथोकीको एरेन्ज तथा संगितमा तयार भएको गितलाई पारश लामाले दमदार रुपमा प्रस्तुत गरेका छन् । रोमाञ्टीक गित गाउन सिपालु पारस लामाले गितको गायनमा आफ्नो क्षेमता देखाउँदै गितलाई न्याय हुनेगरि आवाज दिएका छन् ।

    वाउँ क्या राम्री सोल्टीनी मेरी
    गालैमा डिम्पल छ
    सानो सानो पिम्पल छ
    होची होची गोरी गोरी सारै नै राम्री छ जस्ता निकै कर्णप्रिय शब्दहरु भने गितको लागि ज्ञानेन्द्र तामांगले खर्च गरेका छन् । रोमाञ्टीक रुपमा प्रस्तु गरिएको गितले आम दर्शक श्रोताको मन जित्नेमा आफु निश्चीन्त भएको निर्देशक कटुवालले सुचनाकेन्द्र डटकमलाई बताएका छन् । उनी भन्छन् आफुहरुले गितको लागि निकै मेहेनत गरेकोले दर्शक श्रोतालाई मन पर्ने बताए ।

    डान्सींग गितको रुपमा आएको गितलाई The AB Presents को युटुव च्यानलबाट बजारमा ल्याइएको छ । बिदेशी भुमीमा तयार भएको गितलाई क्यामरामा श्रीकृष्ण भट्टराई, सम्पादन देब कुमार श्रेष्ठ, कोरीयोग्राफी पुजन कपालीले गरेका छन् भने गितमा मोडलको रुपमा निर्देशक केशब कटुवाल, रिया श्रेष्ठ, दुर्गा क्षेत्री र पुजन कपाली रहेका छन् । गितलाई सफलताको लागि हाम्रो तर्फबाट लाखौं लाख शुभकामना ।।।

    प्रतिकृया दिनुहोस्
    Loading...

    कृष्ण सुबेदि, अनिता पन्त र तुलसी कुवरको साझा प्रस्तुति “मेरि बुडि को बुद्दि” तहल्का पिट्दै (भिडियाेसहित)

    बिस्तारै बिस्तारै हरितालिका तीज २०७५ नजिकै आईसकेको छ धेरै कलाकारले धेरै थरिका तीज गीतहरु बजारमा...

    चुनाव हारे पनि जनताको मन जित्दै पूर्व सांसद जोशी, घरदैलोमा नै पूगेर सहयोग हस्तान्तरण गर्दै…

    पर्वत । पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले जनताको घरदैलोमा पूगेर...

    लाैन तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि : निर्मल पौडेल एन.पि घायल

    तुइन हटाइ पुल वनाइदेउ रेल आउनु अघि । जोखीम वस्ती सार्देउ पहिरो भेल आउनु अघि...

    बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको समस्या, के गर्दैछन् चुनाव जितेकाहरु

    अमृत भट्टराई, पर्वत । पर्वतको दक्षिण भेगमा पर्ने बिहादी गाउँपालिका वाड न. २ बर्राचौरमा खानेपानीको...

    डा.केसीको बालहठप्रति टिप्पणी आवश्यक छैन, प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ?

    काठमाडौं। मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad