SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/१०/२५ गते
    १६६ पटक

    सुन्दर कुमार थकाली, मुस्ताङ। धार्मिक तथा पर्यटकीय जिल्ला हिमालपारी मुस्ताङको भ्रमण गर्ने बाह्य पर्यटकको संख्यामा अकल्पनिय बृद्धि भएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ईलाका संरक्षणक्षेत्र कार्यालय जोमसोमले जानकारी दिएको छ । सन् २०१७ डिसेम्बर सम्ममा १३ हजार ४ सय ५८ जना थप बिदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।यो संख्या सन् २०१६ को तुलनामा ३४ प्रतिशतले बृद्धि भएको कार्यालयले जनाएको छ ।

    एक्याप प्रमुख तुलसी दाहालका अनुसार सन् २०१६ मा फरनेर बिदेशी र भारतिय मुलकका पर्यटक जोडेर ३९ हजार १७ जनाले मुस्ताङ भ्रमण गरेका थिए भने सन् २०१७ को डिसेम्बर सम्ममा ५२ हजार ४ सय ७५ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।यो वर्षको डिसेम्बर सम्ममा २७ हजार ५ सय ५ जना फरेनर बिदेशी र २४ हजार ९ सय ७० जना भारतिय पर्यटकले मुस्ताङको भ्रमण गरेको कार्यालयका प्रमुख दाहालको भनाई छ ।जसमध्ये ४ हजार १ सय १७ जना बिदेशी पर्यटकले उपल्लो मुस्ताङको फलो गरेका छन् ।फलो गर्नेमा अधिकाँश फरेनर बिदेशी र केही न्युन संख्यामा भारतिय पर्यटक रहेको उनले बताए ।

    सन् २०१६ ,जनवरी ३ सय ५६ ,फ्रेब्रुअरी ६ सय १३ ,मार्चमा २७ सय ८,अप्रिल ५ हजार ३७,मे ६ हजार ८ सय १६ ,जुन,२ हजार ९सय ७,जुलाई,१ हजार १ सय ८८,अगस्त, १ हजार ८सय ५७,सेक्टेम्बर, ३ हजार ६ सय २०, अक्टोबर, ६ हजार ६ सय ६७,नोभेक्बर ५ हजार ९ सय १५ र डिसेम्बर महिनामा १ हजार ३ सय ३४ जनाले मुस्ताङको भ्रमण गरेका हुन् ।जसमध्ये ३ हजार ९ सय १८ जना बिदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका हुन् । सन् २०१५ मा उपल्लो मुस्ताङको भ्रमण गर्ने बिदेशी पर्यटक २ हजार ६ सय ८६ जना बिदेशीले उपल्लो मुस्ताङको फलो गरेका हुन् ।अहिले सम्मको एक्यापको तथ्याङ्क हेर्दा ९० प्रतिशत बिदेशी फरेनर र भारतिय पर्यटक वारागुङ मुक्तिक्षेत्र गाउँपालिका छुसाङ यताबाटै फर्कने गरेका छन् ।भारतियले भने मुक्तिनाथ मन्दिरको दर्शन गर्न छुटाउदैनन् ।

    त्यस्तै सन् २०१७ मा बिदेशी पर्यटकको संख्यामा उल्लेखनीय बृद्धि भएको पर्यटन सहायक प्रेम बस्नेतले जानकारी दिए ।उनका अनुसार जनवरी ६ सय २७,फ्रेब्रुअरी १ हजार २ सय ३२,मार्च ४ हजार १ सय १०,अप्रिल ८ हजार ८ सय ९३, मे ९ हजार ८ सय १५,जुन ४ हजार ४ सय १८,जुलाई १ हजार ८ सय ३,अगस्त २ हजार १७,सेक्टेम्बर ३ हजार ८ सय ९४,अक्टुबर ७ हजार ९ सय ५३ नोभेम्बर ५ हजार ८ सय ४६ र डिसेम्बरमा १ हजार ८ सय ६७ जना बिदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।जसमध्ये चालु वर्ष १ सय ९७ जना बिदेशी पर्यटक बृद्धि हुँदै ४ हजार १ सय १५ जनाले उपल्लो मुस्ताङको फलो गरेका थिए।

    त्यसो त मुस्ताङ आउने भारतिय तथा बिदेशी फरेनर पर्यटक भने दोहोरो प्रबेश शुल्कबाट ठगिने गरेको पाईएको छ । ट्रेकिङ्ग ईन्फ्रोमेशन मेनेजमेन्ट सिस्टम‘ट्रिम्स’ पोखरामा ईन्ट्री नगरि मुस्ताङ भित्रन लागेका बाह्य पर्यटकलाई म्याग्दीको तातोपानी शाखा बिटमा तोकिएको प्रबेश शुल्क भन्दा दोब्बर लिने गरिएको छ। जोमसोमका एक होटलका संन्चालकले नाम नबताउने सर्तमा भने कहिले काँही मुस्ताङ आउने क्रममा पर्यटकले टे«किङ ईन्फ्रोमेशनमा ईन्ट्री गर्न छुट्छन तर यसको बदलामा सेवामैत्री नगरि उनीहरुलाई दोब्बर शुल्क असुलिन्छ ।सिमित खर्च लिएर मुस्ताङ आएका भारतिय पर्यटक भने यसको बढी मारमा पर्ने गरेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad