SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/१०/२० गते
    २१० पटक

    युएई । युएईबाट काठमाडौं पुर्‍याइएको ३३ किलो सुन तस्करीको दोस्रो तहका नाइके भनिएका रोशन भनिने गुप्तलाल भुसाललाई आबुधाबीमा सम्मान गरिएको छ । सिस्नोपानी नेपाल र एनआरएन युएईको आयोजनामा युएईमा चलिरहेको दुई थोपा हाँसो अभियान अन्तर्गत आबुधाबीमा भएको पहिलो कार्यक्रममा ३३ किलो सुन काण्डमा प्रहरीले खोजी गरिरहेका भुसाललाई सम्मान गरिएको हो ।

    आफूहरुलाई यसअघि पहिलो पटक युएईमा ल्याउन सहयोग गरेको भन्दै सिस्नोपानी नेपालले भुसाललाई सम्मान गरेको हो । उनलाई नेपाली ढाका टोपी तथा सम्मान पत्रसहित सम्मान गरिएको छ । उनलाई सिस्नोपानीका अध्यक्ष लक्षमण गाम्नागेले टोपी लागाइदिनुभएको थियो भने उपाध्यक्ष एवं व्यङ्ग्य कवि अर्जुन पराजुलीले सम्मान पत्र प्रदान गरे ।

    कार्यक्रममा भुसालसहित नेपाली दूतावास आबुधाबीका कार्यबाहक राजदुत सागरप्रसाद फुयाँल, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, एनआरएन आइसिसीका मनोनित सदस्य मनोज गोर्खाली,आइसिसी सदस्य तथा व्यवसायी ठाकुर ढुंगानालाई पनि सम्मान गरिएको थियो । ३३ किलो सुन तस्कर काण्डमा मुछिएका भुसाललाई स्टेजमा बोलाउँदा ५ औं रोल क्रममा संस्थाका महासचिव टंक आचार्यले बोलाएका थिए ।

    भुसाललाई सम्मानका लागि स्टेजमा बोलाउँदा कार्यक्रम हेर्न पुगेका दर्शक तथा केही संघ संस्थाका प्रतिनिधिले कानेखुसी गरेका थिए । भुसाललाई गएको डिसेम्बर २२ तारिक दुवईमा भएको शुभयात्रा साँझ नामक सास्कृतिक कार्यक्रममा पनि आयोजकले सम्मान गरेको थियो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले भुसाल अघिल्लो वर्ष पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुनको दोस्रो तहको मालिक भएको पहिचान गरेको थियो ।

    दुवईबाट सुन किनेर नेपाल पठाउने काममा संलग्न ८ जनाको पहिचान भएको र त्यसमा दुवई बसेर व्यापार गरिरहेका ६ जना नेपाली र नेपालमै बसेर व्यवसाय गरिरहेका दुई जना भारतीय नागरिक रहेको सीआइबीको दावी छ ।

    जसमध्ये काभ्रे स्थायी ठेगाना भएका हरिशरण खडका र पर्वत स्थायी ठेगाना भएका रोशन भनिने गुप्तलाल भुसाल मुख्य नाइके रहेको सीआइबीको दावी छ ।

    भुसाल र खड्का दुवईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुन पसलका सञ्चालक हुन् । सोही काण्डमा परेका अर्जुनप्रसाद खरेल र राजनपन्थलाई सीआइबीले इन्टरपोलको सहयोगमा पक्राउ गरेको छ ।

    एनआरएनले सम्मान गरेको होइनः अध्यक्ष
    भुसाललाई सम्मान गरेको तस्बिर र भिडियो सामाजिक सन्जालमा सार्वजनिक भएपछि एनआरएन युएईले आपत्ति जनाएको छ । सम्मानमा एनआरएन युएईको नाम मुछिएको भन्दै एनआरएनले भुसाललाई सम्मान नगरेको स्पष्ट परेका छ ।

    आफूहरु कार्यक्रम आयोजक भएपनि संस्थागत सम्मान गर्ने योजनाका बारेमा संस्था अनविज्ञ रहेको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए । ‘सम्मान सिस्नोपानीले गरेको हो एनआरएनले होइन’ श्रेष्ठले भने । news24 tv

    प्रतिकृया दिनुहोस्
    Loading...

    पर्वतको कालीगण्डकी एकेडेमीमा छात्राबृत्तिमा पढ्दै आएकी अञ्जली पुरी नेपाल टप

    पर्वत /यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप...

    एसइई नतिजा: दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन, कस्तो छ ११ कक्षा भर्ना हुने मापदण्ड ?

    काठमाडाैं । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा...

    कपिलवस्तुलाई भ्रष्टाचार मुक्त बनाउनु पर्छ : पुर्व उप प्रधानमंत्रि रायमाझी

    मनिष गुप्ता, कपिलवस्तु । नेकपा नगर कमेटी कृष्णनगरले अयाेजना गरेकाे कार्यकर्ता भेलामा पुर्व उप प्रधानमंत्रि...

    आषाढ १० गते आईतबार जुन २४ को राशिफल, माता पाथीभराले सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रेममा सफलता प्राप्त हुनेछ...

    खप्तडी वस्न्यात (बस्नेत) युवा समाज केन्द्रीय महासचिवमा रविन वस्नेत निर्वाचित….

    सम्राट जिसी रुपन्देही । खप्तडी वस्नेत युवासमाजको अाज प्रथम अधिवेशन काठमाडौंको बत्तिस पुतलि स्थित Big...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad