SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७४/९/२४ गते
    २१५ पटक

    मनिष गुप्ता, कपिलवस्तु   । मानब बेचबिखनको बदलिदो स्वरुपसंगै चेलीहरुलाई सिमा पार गराउँदा अपनाउने तरिका फरक फरक रहेको छ ।मानब बेचबिखन तथा लैगिंक हिंसा अन्त्यका लागी क्रियाशिल रुपमा काम गर्दै अाएकाे संस्था के.आई नेपाल र नेपाल प्रहरी कृष्णनगरले एक बिचौलीयलाई नियन्त्रणमा लिएकाे र चेलीको उद्धार गरेको छ ।उद्धार गरीएकी चेली दर्बा¨ म्याग्दी बस्ने मनकुमारि (नाम परिबर्तन) रहेकि छिन भने लैजाने बिचौलीय कपिलबस्तु बाणगंगा २ बनगाई बस्ने पार्बती भटराई रहेकि छिन।

    भट्राईले केहि महिना अगाडी मात्र चिनजान गरेकी सामान्य लेखपढ भएकी निज मनकुमारिलाई महेन्द्रनगर घर भएका हाल पञ्जाब बस्दै आएका एक धर्मको दाई रहेको र उनी राम्रो बानी ब्यहोरा भएको र उनीकाे बिवाह गराईदिने भनि प्रलोभनमा पारी सिमा कटाउन लागेकि थिइन र पार्बती पहिलेदेखि नै पञ्जाबकाे कोठिमा काम गर्दै आएको बुझिएको छ ।

    बोर्डरमा रोकेपछि दाई भारतमा रहेको र भाउजुलाई भेट गराउन लान लागेको भनि बोर्डर कट्न लाग्नु र भारतबाट धर्मको दाई भन्नेले पटक पटक फोन गरि कहां आईपुग्यौ भनि रहनु र पिडित चेलीको परिवारलाई कुनै पनि जानकारि नभएपछि संकाको घेरामा रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रमुख शुभास गैरेले जानकारी दिनु भयो ।

    गैरेका अनुसार धर्मको दाई भन्ने जसको नाम नै खुलाउन नचाहने र लैंजाने प्रकृया गलत र बिभिन्न बहाना बनाएको कारणले कानुनी दायरामा ल्याउनु परेको गैरेले जानकारी दिनु भयो ।गैरेका अनुसार यस घटनामा अरु पनि संलग्न हुन सक्ने भन्दै त्यसको खोजी कार्य जारि राख्ने बताउनु भयो ।

    अभिभाबकलाई जानकारी दिए पश्चात आफूहरुलाई कुनै जानकारी नभएको र रोकिदिन आग्रह गरेको र निज चेलीलाई के.आई नेपालको संरक्षणमा राखिएको र अभिभाबको स्वृकृती भए आत्मा निर्भर गराउने उदेश्यले सुरक्षित आवास गृह चितवन पठाउने के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।

    फाइल तस्बिर

    प्रतिकृया दिनुहोस्
    Loading...

    ओलीविरुद्ध नेकपामा मोर्चाबन्दी, प्रचण्डको पक्षमा कोको उभिए ?

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी सुरु भएको छ । दुई...

    ख्याल गर्नु भएको छ ? अाजैबाट स्याउ रातमा एक पटक खाएर हेराै‌ हुने छ तपाइले सोच्न नसकेको इक्षा पुरा

    काठमाडाैँ । मधुमेह एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निक्कै होस पुर्याएर खानुपर्छ ।...

    नेकपाको कारवाही सूचीमा तीन मेयरसहित दर्जन जनप्रतिनिधि (नामसहित)

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ३ जना मेयरसहित १३ जनप्रतिनिधिमाथि कारवाही गर्ने सूची बाहिर...

    साँघुले लेख्यो, डन र गनबाट कमरेड मुक्त

    काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रका बीचमा एकता भएपछि विकृतिको भारी बिसाएको...

    बढेन वृद्धभत्ता ”कर्मचारीलाई हात्ती आयो हात्ती आयो फुस्स” ! यस्ताे अायाे वाम सरकारको नीति तथा कार्यक्रम

    काठमाडौँ, । केपी ओली नेतृत्वको सरकारले आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछ । राष्ट्रपति...

    Loading...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad